
कनकाई अनलाईन
झापाका जेन्जी अगुवा नेता दिवश कार्कीको पहलमा सुरुङ्गामा साताव्यापी सरसफाई अभियान जारी छ ।
परिवर्तन गर्नु छ सुरुवात आफैबाट थाल भन्ने महान वाणीलाई आत्मसात गर्नका लागि आफुहरुको टिमले सुरुङ्गाबाट सरसफाई महाअभियानको थालनी गरेको र आगामी असोज ३० गते पुरस्कार दौडको पुरस्कार हस्तानतरण गर्दै अभियानको समापन गरिने कार्कीले बताउँनुभयो ।
कार्कीको सुरुङ्गा गृह क्षेत्र समेत रहेको हो । केहि बर्षपहिलेसम्म शैसव मञ्च नेपालबाट देशव्यापी वालअधिकारको क्षेत्रमा काम गरेका कार्कीले आफु संस्थापक अध्यक्ष बनेर देशका ६६ वटा जिल्लामा संस्था विस्तार गरेका थिए । देशमा कोरोना महासंकट उत्पन्न भएपछि झापा जिल्ला केन्द्रित बनेका कार्की अन्य जिल्लामा जादा झापा त्यसमा पनि सुरुङ्गाको नाम अत्यान्त राम्रो सुनेको तर व्यावहारमा कता कता त्यो होइन कि भन्ने लागेपछि आफ्नो टिमले सुरुङ्गा केन्द्रित गविधिधि गरेको कार्की बताउँछन । केहि दिन पहिले एक हप्तासम्म सुरुङ्गाको फोहोर संकलन अभियान गरेका कार्कीले ठाउँ ठाउँमा फोहोर फ्याक्ने डस्विन समेत राखे त्यसका लागि हाल अष्टेलियामा रहनुहुने दुर्गाप्रसाद उप्रेतीले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । यसविचमा डस्विन समेत चोरी भएको र आफुले फोहोर संकलन अभियान थाल्दा घरबाटै टुलुटुलु हेरिरहेको दुश्यले सताएपछि उनै कार्कीले नयाँ जुक्ति निकाले फोहोर संकलन दौड प्रतियोगिता राख्ने जसले बढी फोहोर संकलन गर्छ उसलाई १० हजार देखि ५ हजार सम्मको पुरस्कारको व्यावस्था अनि यस अभियानमा २७ टिममा सयौको सङ्ख्यामा सहभागिता जुट्यो र यस क्षेत्रको फोहोर समेत उठ्यो । कार्कीको सरसफाई अभियान यतिकैमा रोकिएन अभियानले हरियाली जोगाउन बिहिवार सुरुङ्गामा वृक्षरोपणको कार्यक्रम राखेका छन । सरसफाई र वृक्षरोपण एकअर्कामा सम्बन्धित कार्यक्रम रहेकोले आयोजना गरिएको कार्कीले बताउँनुभयो ।
सरफाई अभियानको बुधवार सफा सुरुङ्गा महाअभियानको पक्षमा हस्ताक्षर कार्यक्रम राखिएको र यसलाई समेत सम्बन्धित वडा कार्यालयमा बुझाईने कार्कीले बताउँनुभयो ।





