
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा आजदेखि हाईजनिक तथा विश्वगुणस्तरीय मापदण्डको पालना दावी गरिएको फ्रेस एण्ड कट बु्रचरी मासु पसल सञ्चालनमा आएको छ ।
यस क्षेत्रका युवा व्यावसायी रोषन चुडालले सञ्चालनमा ल्याएको मासु पसलको उदघाटन झापा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थ्रोपा रोषनले गर्नुभयो । झापा शिवसताक्षी नगरपालिका १० मा रहेको गीताञ्जली कृषि फार्मको सञ्चालनमा रहेको उक्त मासु पसलको उदघाटन गर्नुहुदै प्रमुख अतिथि मेगाहाङ्ग थ्रोपा रोषनले जिल्लामै अत्याधुनिक र मानविय स्वास्थ्यको विश्वव्यापी मापदण्डलाई समेत ध्यानमा राखेर ठुलो लगानीमा गाउँमै यसप्रकारको मासुपसल सञ्चालनमा आउनु जिल्लावाशीकै लागि खुसीको कुरा रहेको बताउँनुभयो । हामीले मासुमा आत्मनिर्भर हुने र स्वास्थ्य मासु खाने बानीको समेत विकास गर्नुपर्ने भन्दै कतिपय बजारमा केराको पात विछ्याएर न्युनत्तम मापदण्डको समेत ख्याल नगरीकन यस प्रकारको मासु व्यावसाय गरिरहेको भन्दै आज सञ्चालनमा आएको मासुपसलबाट सबैले केहि न केहि कुरा सिक्नुपर्नेमा जोड दिनुभयो ।
यता मासु पसलका सञ्चालक रोषन चुडालले आफुले मासु पसल सञ्चालन गर्नुपुर्व धेरै अध्यान अनुसन्धान गरेको बताउँदै पसलबाट कृषकलाई मात्रै फाइदा हुने नभएर मासु खरिद गरेर खाने ग्राहकको समेत मानवीय स्वास्थ्य संवेदनलाई मध्यनजर गरेको बताउँनुभयो । हाललाई खसी र कुखुराको मासु विक्री गरेको भएपनि भविष्यमा हास, माछा लगायातका मासु समेत विक्री गरिने र यहाँ काटिने सबै पशु र पंछिको ल्याव टेष्टपछि मात्रै काटिने चुडालले बताउँनुभयो । होटल सञ्चालकहरुका लागि सेकुवा, ममको किमा, जाते कलेजो, आन्द्राभुडी लगायात सबै मासुका आइटमहरु तयारी गरेर समेत दिईने यस मासु पसलले हाललाई झापा जिल्लाभर होम डेलिभरी गर्ने र केहि महिनाभित्रै काठमाण्डौका ग्राहकलाई लक्षित गरेर समेत सेवा सुरु गर्न लागेको सञ्चालक चुडालले बताउँनुभयो ।
मासु पसल सुरुङ्गा झापा रोड स्थित पशुपति अंग्रेजी माविको अगाडि रहेको छ ।






