कनकाई अनलाईन
पुर्वपश्चिम महेन्द्र्र राजमार्गको झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा शनिवार आज साँझ ट्रकले स्कुटीलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते हुनुभएको छ ।
शनिवार साँझ ५;४५ बजे कनकाई वडा न.१ दुर्गापुरस्थित सहिद गेट अगाडी पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरबाट सुरुङगातर्फ जाँदै गरेको प्र.१–०१–००१ख.४८०० न.को ट्रकले सोही दिशातर्फ जाँदै गरेको कोशी प्रदेश ०१–०२० प.९८७ न.को स्कुटीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटी चालक कमल गाउँपालिका वडा न.५ बस्ने बर्ष ४५ की अमृता थापा मगर र स्कुटीमा पछाडी सवार दमक वडा न.१२ बस्ने बर्ष ३४ की अम्बिका लावती घाइते हुनुभएको थियो ।
अमृताको दाहिने हात र खुट्टामा चोट लागेको थियो भने अम्बिकाको टाउको ,कम्मर ,दाहिने हात र नाकबाट रगत बगेको थियो । अमृतालाई बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अम्बिकालाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा ल्याई पु¥याई डाक्टरले चेकजांच गर्दा मृत्यु भएको घोषणा गरेको थियो । मृतकको शव हाल सोही अस्पतालमा रहेको छ ।
प्रहरीले स्कुटी, ट्रक र ट्रक इलाम नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ का छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ । ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय सुरुङगामा ल्याई राखिएको छ भने स्कुटी अस्थायी प्रहरी बिट दुर्गापुरमा राखिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।



