Kanakai Online

पुरानो झापा सदरमुकाम प्रहरी प्रमुखमा ढुङ्गाना


बिहिवार, असोज २२, २०८३ |

कनकाई अनलाईन

झापाको पुरानो सदरमुकाम झापा बजारको इलाका प्रहरी कार्यालय कुमरखोदको इन्चार्जमा परिवर्तन भएको छ।
प्रहरी नायब निरीक्षक चुक्तबहादुर बिष्टको सरुवा भएपछि उनको ठाउँमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब निरीक्षक सुभाष ढुङ्गाना आएका छन्। विष्ट र ढुङ्गाना सट्टापट्टा भएका हुन् ।

बिष्टलाई इलाका प्रहरी कार्यालय दमकमा सरुवा गरिएको हो । कुमरखोद प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेको करिब १० महिनापछि विष्टको सरुवा भएको हो। सरुवासँगै बिष्टलाई आज इलाका प्रहरी कार्यालय कुमरखोदमा बिदाइ गरिएको छ।

कुमरखोद प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका बिष्टको कार्यकाल शान्ति–सुरक्षा व्यवस्थापनमा प्रशंसनीय रहेको थियो ।







सम्बन्धित खबर