
कनकाई अनलाईन
झापाकै पुरानो मध्येको कनकाई नगरपालिका ७ स्थित दुर्गापुर बजारको व्यावस्थापन समितिको अध्यक्षमा यहाँका सक्रिय युवा अभियान्ता अनिरुद्र चापागाई अध्यक्ष भएका छन ।
हालै सम्पन्न भेलाबाट अनिरुद्र चापागाईको अध्यक्षतामा ७ सदस्यीय दुर्गापुर बजार व्यावस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा संजय सुब्बा सचिवमा रिजन तिम्सिना र कोषाध्यक्षमा सुजाता खत्री चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दुर्गााप्रसाद शिवाकोटी, राधिका भट्टराई र मित्र घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । समितिले २ सदस्य पछि थप गर्नेगरी हाललाई ७ सदस्यीय समिति गठन गरेको हो ।
दुर्गापुर स्थित जनकल्याण सामुदायिक भवनमा आयोजित भेलामा नवगठित बजार समितिलाई पुर्व वडाअध्यक्ष समेत रहनुभएका बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष लीलाबहादुर कन्दङ्बा, जेष्ठ नागरिक कनकाईका अध्यक्ष सम्भुप्रसाद पोखरेल, बुद्धिजिवि प्रल्लाद घिमिरे लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगरपालिका ७ का वडासदस्य निर्मल आङ्थोपोको सञ्चालनमा कार्यक्रमको आयोजना गरिएको हो ।



