Kanakai Online

झापामा खेल्दा खेल्दै पक्राउ


सोमवार, असोज १९, २०८३ |

कनकाई अनलाईन
चाडपर्व नजिकिदै गर्दा झापामा जुवाडेहरु सल्वलाउन थालेका छन ।
झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई तासको खालबाटै हिजो पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले धुलाबारीस्थित जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले आईतवार उक्त स्थानमा तास खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले तास खेलिरहेको अवस्थामा मेचीनगर–१० का किरण लाम्साल, हर्कराज राई र मेदनी बराल, मेचीनगर–५ का विशाल लावती र शेखरनाथ भण्डारी, मेचीनगर–३ का सागर बस्नेत तथा मेचीनगर–७ का प्रकाश लावतीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट ८ बुङ्ग तास र नगद १ लाख ८ हजार ५ सय २० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक कानुनी कार्वाहीका लागि इलका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।

तास खेलिरहेको अवस्थामा पक्राउ परेका सातै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







सम्बन्धित खबर