
कनकाई अनलाईन
झापाको सुरुङ्गामा बिर्तामोडमा मुख्य कार्यालय रहेको देशकै ठुलो मध्येमा पर्ने सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १६ औ इकाईगत साधरणसभा सुरुङ्गामा सम्पन्न भएको छ ।
चौथो इकाइगत साधरणसभाका रुपमा जेसिज हलमा आयोजित साधारणसभामा यस क्षेत्रका सुरुङ्गा, दुधे, लक्ष्मीपुर, शिवगञ्ज र कामाकटोली क्षेत्रका लागि सुरुङ्गामा एकाईगत साधारणसभाको आयोजना गरिएको हो ।
सहकारीका कोषाध्यक्ष मेहरमान बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता संस्थापक अध्यक्ष एव्म कार्यकारी प्रमुख कमलबहादुर बस्नेत रहनुभएको थियो ।
सोही अवशरमा प्रमुख अतिथि बस्नेतले संस्थाले हालसम्म गरेका गतिविधिवारे बताउँदै सिम्रिक सहकारीको झापा जिल्लामा मात्रै २४ वटा सेवा केन्द्र रहेको र झापा बाहिर इलाममा १० वटा, मोरङमा ९ वटा र पाचथरमा १ वटा गरी कुल ४४ वटा सेवा केन्द्रहरु रहेको जानकारी दिनुभयो । साथै सहकारीको स्थायीत्वमा लागि धेरै स्थानमा सहकारीले आफ्नै भवनका लागि जमिनको समेत व्यावस्थापन गरिसकेको आयोजित साधरणसभामा जानकारी दिनुभयो । सुरुङ्गा सेवा केन्द्रका लागि समेत भवन निर्माणका लागि जमिन खरिद गरिसकिएको जानकारी गराउँनुुुुभयो । २०६७ सालमा ५५ जना शेयर सदस्य तथा २० लाख ५० हजार शेयर पुजीवाट स्थापना गरिएको सिम्रिक साकोसमा हाल १६ बर्षको अवधिमा ७१ हजार २ सय ४६ जना शेयर सदस्यहरु रहेको तथा शेयर पुजी २७ करोड ३९ लाख पुगिसकेको जानकारी दिनुभयो । यसविचमा सहकारीले धेरै सामाजिक उत्तरदायित्वका कार्यहरु तथा शेयर सदस्यहरुका लागि भइपरी आउदा विपत्तिका वेलामा समेत सहायाता गर्दै आएको जानकारी दिनुभयो ।
यसैविच यस सेवाकेन्द्रहरु मध्ये उत्कृष्ट वचतकता तथा ऋणिका रुपमा दुधे सेवा केन्द्रबाट हरिशंकर विश्वकर्मा र निशा राई, सुरुङ्गा सेवा केन्द्रबाट मालती लिम्बु र नरमाया बस्नेत, कामाटोली सेवा केन्द्रबाट सन्जय ठाकुर र पवित्रा तहार, शिवगञ्ज सेवा केन्द्रबाट मनोजकुमार राजवंशी र लक्ष्मीप्रसाद राजवंशी यसैगरि लक्ष्मीपुर सेवा केन्द्रबाट मायादेवि श्रेष्ठ र शान्तिदेवि जैसी खनाललाई उत्कृष्ट ऋणी र वचतकर्ताका रुपमा सम्मान गरिएको थियो ।
साथै सोहि कार्यक्रमका विच सहकारीका विपत्तीमा परेका तथा विरामी र सुत्केरी हुनुभएका शेयर सदस्यहरुलाई आर्थिक सहयोग समेत प्रदान गरिएको थियो । सहकारीको साधरणसभा भने आगामि असोज २३ गते बिर्तामोडमा आयोजना गरिने भएको छ ।
सहकारीका शिक्षा उपसमितिका बद्री प्याकुरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु पदमा देवि दर्जी, मिथिलेस प्रसाद शाह लगायातको आतिथ्यता रहेको थियो । इकाईगत साधरणसभाले साधरणसभाका लागि सेवा केन्द्रका तर्फबाट प्रतिनिधिको समेत चयन गरेको थियो ।




