कनकाई अनलाईन
बिर्ताम झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित हुनुभएको छ ।
शनिवार सम्पन्न मतदानबाट अध्यक्षमा खतिवडा निर्वाचित हुनुभएको हो ।
खतिवडाले २१९८४ मत ल्याउनुभएको हो । उहाँसग प्रतिस्पर्धामा रहनुभएका अन्य २ जना अध्यक्षहरु भरतकुमार गिरीले ४२६३ र अर्का प्रत्यासी उपेन्द्रप्रसाद ओलीले ७३९७ मत ल्याउनुभयो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद नेपाल १८९३९ मत ल्याउदै बिजयी हुदा महिला उपाध्यक्षमा पार्वता भारती गिरीले २००८१ मत र कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्यले १९५६३ मतका साथ बिजयी हुनुभयो । यसैगरी सदस्यहरुमा मदनराज कटुवाल १२८२७ मत, नारायणप्रसाद गिरी ११८१६ मत र रमेश सेढाई ९४२५ मतका साथ बिजयी हुनुभयो । महिला सदस्यहरुमा राधिका चुडाल हुमगाई १२०४२ मत र शिखा खड्का १३०४५ मतका साथ बिजयी हुनुभयो ।
यसैगरी लेखा समिति संयोजककमा डम्बरबहादुर देउजा १९५७० र सदस्यहरुमा वविता घिमिरे १७२२७ र सुनिल कार्की १५४८८ मतका साथ बिजयी हुनुभएको हो । सदस्य सङख्या र कुल कारोवारको हिसाबले नेपालकै ठुलो सहकारी दावी गरिएको यस सहकारीमा कुल १ लाख ९८ हजार शेयर सदस्य रहेको छन । सहाराले ८० मतदान केन्द्रमा ७० स्थानमा विद्युतीय मतदान केन्द्र समेत स्थापना गरेर निर्वाचन गरेको थियो । जसमा सुरुङ्गा, बिर्तामोड, चारपाने र धुलावारी सेवा केन्द्रमा भने विद्युतीय मेशिनको प्रयोग गरेरै निर्वाचन गरिएको थियो । निर्वाचन ४ बर्षे कार्यकालका लागि गरिएको हो ।



