Kanakai Online

एनके प्युरिफाइरको लक्की ड्रमा ‘धाधली’, ठगी धन्दा पर्दाफास


बुधवार, असोज ७, २०८३ |

कनकाई अनलाईन
चिठ्ठा कार्यक्रममार्फत ठग्दै आएको एनके प्युरिफाइरको लक्की ड्रमा ‘धाधली’ गरिएको भन्दै ग्राहकहरुले विवाद गरेका छन् ।

आज दिउँसो ३।३० बजे बिर्तामोड ५ सिटीसेन्टरस्थित साई पार्टी प्यालेसको सभाहलमा बिगत केही बर्षदेखि एनके प्युरिफाइर कम्पनीले किस्तामा हात खाली नजाने उपहार आयोजना गरी आज फाइनल उपहार आयोजनाको घोषणा कार्यक्रम गरिरहेको अवस्थामा विवाद भएको हो ।

एनके प्युरिफाइर कम्पनीले शर्त र नियम बमोजिम उपहार नखेलाएको र घोटाला गरेको भन्दै ग्राहकहरुले हल्ला र हुलदंगा गरेका थिए । त्यसपश्चात उक्त कम्पनीका कर्मचारी र संचालक समितिका ब्यक्तिलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ । साथै उपहार खेल्न आएका करिव २०० जना सर्वसाधारणहरुले हाल इप्रका अनारमनी बाहिर होहल्ला गरी कारबाहीको माग गरिरहेका छन् ।

बिर्तामोडमा एनके , ब्राभो , साक्षी , युटर्नजस्ता नेटवर्किङ कम्पनीहरुले हजारौ सर्वसाधारणलाई ठगी गर्दै आएका छन् । केही दिनअघि बिर्तामोड प्रहरीले ग्लोबल ओरियन्स कम्पनीको कार्यालयमा छापा मारी ४१ जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित खबर