
कनकाई अनलाईन
झापाको सुरुङ्घामा रमा फिल्म प्रोडक्सनको कार्यालय आजबाट विधिवत रुपमा सुरुवात भएको छ ।
आज विशेष कार्यक्रमका विच वहोवृद्ध माता रमा उप्रेतीले रिवन काटेर रमा फिल्म प्रालिका कार्यालयको समुद्घाटन गर्नुभयो ।
उक्त अवशरमा बोल्दै रमा फिल्म प्रालिका प्रोपाईटर गोकुल उप्रेतीले कनकाई नगरपालिका क्षेत्रमा खासमा लागुऔषध प्रयोगकर्ताहरुलाई जनचेतनामुलक कार्याक्रम विभिन्न सचेतनामुलक फिल्महरुको समेत निर्माण गरेर भएपनि अभियान सञ्चालन गर्ने बताउँनुभयो ।
उप्रेतीले यसअघि समय, समयको खेल , पाण्डव लगायातका नेपाली कथानक चलचित्रहरुको समेत सफल निर्माण गरिसकेका छन ।
रमा फिल्म प्रालिमा कलाकार बन्न चाहनेहरुका लागि तालिम प्रदान गर्ने र युवालाई स्वरोजगारमा जोडने कार्यक्रमहरु समेत सञ्चालन गर्ने प्रालिका काशीनाथ श्रेष्ठले बताउँनुभयो ।
कार्यालय उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्घाका प्रमुख विष्णुप्रसाद सापकोटा, समाजसेवी श्याम ओली, कनकाई सुरुङ्घा प्रेस क्लवका अध्यक्ष लीलाराज झापाली लगायातको आतिथ्यता रहेको थियो ।



