Kanakai Online

करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु


सोमवार, असोज ५, २०८३ |

कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका २ मा करेन्ट लगाएर माछा मार्दा आज एकजना वृद्धको ज्यान गएको छ ।

सोमवार दिउँसो १ः३० बजे बिर्तामोड वडा न. २ बेलडाँगीस्थित घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा सोही ठाउँ बस्ने ६२ वर्षीय मोहन मुर्मुको मृत्यु भएको हो । एक्लै करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खोलामा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

मुर्मुको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मेची लगिएको छ ।

करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा भएको यो घटनाले खोलानालामा जोखिमपूर्ण ढंगले विद्युतीय करेन्ट प्रयोग गर्ने प्रवृत्तिबाट हुनसक्ने गम्भीर दुर्घटनाप्रति समेत ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर