
कनकाई अनलाईन
झापा गाउँपालिका वडा नं ३ मा बिहीवार आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बिहीवार बिहान १०.३० बजे उत्तरबाट दक्षिणतर्फ सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नं.को १२५ सीसीको हिरो ग्ल्यामर मोटसाइकल सामुदायिक कुकुरका कारण अचानक आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भारत किशनगंज जनता सिंघिमारी फुटानी बजार बस्ने बर्ष २८ का सुल्तान अली गंभीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका अलीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।
मृतक शव तत्काल सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी टाघनडुब्बाको नियन्त्रणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापाले जनाएको छ ।



