Kanakai Online

सुरुङ्गा लागु औषध कारोवारीको राजधानी बन्दै, डेरा लिएर लागुऔषधको कारोवार


बुधवार, भदौ ३१, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्षेत्रमा डेरा लिएर लागूऔषधको कारोवार गर्दै गर्दा एकजना कारोबारी पक्राउ परेका छन् ।

गए राति १० बजे कनकाई वडा नं. ३ सुरुङ्गामा डेरा गरि बस्ने बर्ष ३५ का बादशाह भन्ने फियाज मोमिन आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा खटिएको टोलीले उनको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम (१३९ पोका) ब्राउन सुगर फेला पारेको हो ।

त्यस्तै नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार , एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । पछिल्लो सयम खुल्ला सिमानाका कारण झापामा लागुऔषध कारोवारी र सेवन कर्ताहरुको समेत सङ्ख्यामा उल्लेख बृद्धि भएको छ । केही दिन पहिले मात्रै यस क्षेत्रमा प्रत्येक दिन २० लाख रुपैँया बराबरको ब्राउन सुगर लगायातको कारोवार हुने गरेको एक कार्यक्रममा सहभागिले बताएका थिए ।

सम्बन्धित खबर