Kanakai Online

कनकाई प्याब्सनद्धारा रसुवा बाढी पिडितको कोषमा ६ लाख ४९ हजार


सोमवार, भदौ २९, २०८३ |

कनकाई अनलाईन
गत भदौ १० गते रसुवामा आएको बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिका लागि यहाँस्थित कनकाई नगर प्याब्सनबाट ६ लाख ४९ हजार ७५ रुपैँया आर्थिक सहयोग प्रदान भएको छ ।
प्रधानमन्त्री राहत कोषमा प्याब्सनका अध्यक्ष विनोद उप्रेतीको नेतृत्वमा जम्मा गरिएको हो । प्याब्सनमा आवद्ध विद्यालय तथा विद्यार्थीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरिएको प्याब्सन कनकाईका अध्यक्ष विनोद उप्रेतीले बताउँनुभयो । जसमा पशुपति अंग्रेजी माध्यमिक विद्यालयबाट १ लाख २१ हजार, झापा मेरिगोल्ड अंग्रेजी विद्यालयबाट १ लाख ५ हजार, प्यारागन एकाडेमीबाट ७० हजार, हाम्रो पाठशालाबाट ६७ हजार, दिव्यरत्न माविबाट ५५ हजार ५५५ रुपैँया, अरुणोदय अंग्रेजी माविबाट ५५ हजार ५५५ रुपैँया, नवयुग शिक्षा निकेतनबाट ३८ हजार ८०० , यसैगरी बेनबाजा अंग्रेजी माध्यमिकबाट ३१ हजार ४१५ रुपैँया, ज्ञानमाला स्मार्ट एकाडेमीबाट ३० हजार, विद्योदय अंग्रेजी विद्यालयबाट २५ हजार, ग्लोबल एडुकेयर एकाडेमीबाट २३ हजार ९५० रुपैँया, पारिजात शिक्षा निकेतनबाट २० हजार र इष्टन एभरेष्ट स्कुलबाट ६ हजार रुपैँया नगद सहयोग प्रदान गरेको प्याब्सन कनकाईका अध्यक्ष उप्रेतीले बताउँनुभयो ।

सम्बन्धित खबर