
कनकाई अनलाईन
झापाको सुरुङ्गामा अघिल्लो बर्षदेखि हुदै आएको सुरुङ्गा मिनि गोल्डकप यस बर्ष पनि दोस्रो संकरणका रुपमा आगामी असोज २३ गतेदेखि कार्तिक ३० गतेसम्म कनकाई माविको खेल मैदानमा हुने भएको छ ।
आयोजक कनकाई स्पोटिङ्ग क्लवको आयोजनामा हुदै आइरहेको यस प्रतियोगिताको पहिलो संकरणमा जस्तै जस्तै दोस्रो संकरणमा समेत नेपाल तथा भारतका ८ टिमको सहभागिता रहने आयोजक कनकाई स्पोटिङ्ग क्लवका अध्यक्ष इन्द्रजित बुढाले बताउँनुभयो ।
प्रतियोगितामा आयोजक कनकाई स्पोटिङ्ग क्लवले समेत राष्ट्रिय खेलाडी रोहन कार्कीको कप्तानीमा मैदानमा उत्रदै छ । आयोजक सगै सिराहाको सहलेस स्पोटिङ्ग क्लव, इलामको रेडहर्स र भर्खरै मात्रै ताप्लेजुङ्ग गोल्डकपमा राम्रो प्रर्दशन गरेको फिदिम स्पोटिङ्ग क्लव मध्ये एक क्लव, भारतको सिलुगुडीको एक क्लव, एफिएफको क्लव लगायात गरेर कुल ८ टिमको सहभागिता रहने खेल समितिका संयोजक तथा कनकाई स्पोटिङ्ग क्लवका सचिव आयुस काफ्लेले बताउँनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ११ हजार तथा दोस्रो हुने टिमले नगद १ लाख ११ हजार रुपैँया प्राप्त गर्ने छ । प्रतियोगिता सञ्चालनका लागि कुल १५ लाख बढी रकम खर्च हुने र कनकाई नगरपालिका , वार्ड कार्यालय छिमेकी पालिका तथा अन्य देश विदेशमा रहनुहुने नेपाली खेलप्रेमी दाजुभाईहरुबाट आर्थिक संकलन गरिने आयोजकले जनाएको छ । विभिन्न संघ संस्था तथा प्रायोजकहरुबाट समेत सहयोग जुटाइने आयोजकको भनाई छ । केहि बर्ष पहिले यस क्षेत्रमा सुरुङ्गा जेसिजले केहि संकरण सुरुङ्गा गोल्डकपको नामबाट फुटबल खेलाएपनि कनकाई नगरपालिका बनेपछि र जेसिजले खेलबाट पछि हटेसगै यस क्षेत्रमा ठुला प्रतियोगिता ठप्प प्राय रहेको छ ।



