
कनकाई अनलाईन
पछिल्लो समय युवा वर्गमाझ लोकप्रिय मानिदै आएको वारिस्ता तालिम यहाँ लोकप्रिय बन्दै गएको छ ।
झापाको सुरुङ्गामा बर्षदिन अगाडिमात्रै सञ्चालनमा आएको युनिक क्याफे एण्ड वारिस्ता तालिम केन्द्रमा बर्षदिनभित्रै ३०० भन्दा वढी युवा वारिस्ता तालिम लिएर दिक्षित बनिसकेका छन । स्थानीय सरकारमात्रै नभएर ंसंघ संस्थाहरुले समेत युवा माझ लोकप्रिय यस तालिमको आयोजनाका लागि युनिक क्याफेलाई छनौट गरेसगै यहाँ तालिमका लागि आउनेको सङ्ख्या बर्षदिनमै ३०० पुगेको हो ।
आज मात्रै विशेष कार्यक्रम गरि थप ८ जना युवालाई दिक्षित गरिएको छ ।
कनकाई माध्यमिक विद्यालयका प्रअ कर्णबहादुर डाँगीले विद्यार्थीलाई दिक्षित गर्नुहुदै तालिमबाट सहज जीवन यापनका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
रोजगारी हुनुमात्रै नभएर स्वरोजगार हुदै थप जनशक्तिलाई समेत रोजगारी दिन सक्ने हुन तालिमबाट ज्ञान प्राप्त हुने प्रअ डाँगीको भनाई थियो ।
सहभागि सबैलाई वारिस्ता प्रशिक्षक वपन पवन राईले ४५ दिने कफि सम्बन्धि वारिस्ता तालिम दिनुभएको हो ।
युनिक क्याफेका प्रबन्ध निर्देशक युनिक सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा क्याफे तथा तालिम सेन्टरका सञ्चालक तथा कनकाईका जनप्रतिनिधि गोविन्द सुवेदीले तालिमबाट स्वदेश तथा विदेशमा समेत रोजगारी र स्वरोजगारीमा मद्धत मिल्ने भन्दै ज्ञान सीपले जीवनको जुनसुक्कै र जहाँसुक्कैपनि जीवन यापनमा मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमबाट उत्कृष्ट हुने प्रशिक्षार्थीहरु लाटे आर्टश तर्फ सलिना बस्नेत र थ्रेउरीतर्फबाट सर्वोकृष्ट हने रारती सिंहलाई समेत सम्मानित र पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कनकाई प्रेस क्लवका अध्यक्ष लीलाराज झापाली, उपाध्यक्ष सीएम शर्मा सदस्य गोपाल पोखरेल लगायातको आतिथ्यता रहेको थियो ।




