Kanakai Online

निजि खर्चमा सार्वजनिक बाटो मर्मत गर्दै शेरबहादुर थापा


आइतवार, भदौ २१, २०८३ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका क्षेत्रभित्र निर्माण भएर जीर्ण भएका पिच सडकहरुलाई यहाँस्थित समाजसेवी शेरबहादुर थापाले आफ्नै निजि खर्चमा सडक मर्मतको काम थाल्नु भएको छ ।
थापा आफैपनि निर्माण व्यावसायी रहनुभएको छ । सामान्यतय आफुले निर्माण गरेको सडकहरु भत्किएमा सोही निर्माण कम्पनीले सडक मर्मत गर्नु सामान्य मानिन्छ, पालिका , सडक विभागले समेत वेला वखतमा निर्माण सम्पन्न भएपछि सो सडक बजेटको व्यावस्थापन गरेरै भएपनि मर्मत सम्भार गर्ने गरेको छ । तर कनकाईका यी सडकहरुको कथा भने फरक छ । कुनै नाता साइनोनै नभएपनि सडक मर्मत कार्यमा विगत महिनादिनदेखि थापा समुहले गरिरहेको छ ।
कनकाई नगरपालिकाका ९ वटै वार्डमा भत्किएका पिच र सडकलाई थापाले आफ्नो निजी खर्चमा मर्मत कार्य गर्दै आइरहेका छन । सडकको कथा व्यथा आफुलाई राम्ररी जानकारी भएकोेले मर्मत गरेको थापाले बताउँनुभयो । पिचमा सानो खाल्डो मात्रै परेमा समयमै मर्मतमा ध्यान नदिने हो भने केहि दिन या महिनामा त्यो पिच सडक पुरै ग्राभेलमा परिणात हुने र राज्यको करोडौको नोक्सानी मात्रै हुने होईन नागरिकले अनाहकमा सडकको खराबीकै कारण ज्यान समृेत तलमाथि हने हुदा आफु यो अभियानमा निस्किएको थापाको भनाई छ ।
सडक निर्माण मर्मतको जिम्मा लिनुपर्ने र पदमा बसेकाहरुका लागि मर्मतका लागि बारम्वार भन्दा पनि काम नहुने बुझेपछि आफै सडक मर्मतमा निस्किएको थापाको भनाई छ । म पनि सडक निर्माण गर्ने ठेकेदार हु मसग आवश्यक मेटिरियल मौजात हुन्छ । साधन पनि छ, राज्यले करोडौमा गर्ने काम मैले केहि लाख खर्च गर्दा सम्पन्न हुन्छ यति गर्दा धर्म हुन्छ मेरो सर्वस्व सकिने पनि होईन कनकाई ४ को पिच रोडमा आफै खटिरहेका थापाले कनकाई अनलाईनसग भन्नुभयो । अहिलेसम्म कहिकतैबाट १ रुपैँया खर्च आउने सम्भावना पनि नरहेकोले गर्दा अहिलेसम्म कतिवटा सडक मर्मत गरियो या कति खर्च भयो भनेर हिसाब किताब नराखेको बताउँने थापाको हिसाब किताब जे भनेपनि स्थानीय जनताले राख्नुपर्ने बजारमा चर्चा चलेको छ ।

सम्बन्धित खबर