Kanakai Online

झापामा रास्वपा छाडेर नेकपामा प्रवेश


आइतवार, भदौ २१, २०८३ |

कनकाई अनलाईन
जनसांस्कृतिक महासंघ, नेपाल जिल्ला समिति, झापाको एकता भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।
जिल्ला संयोजक राजन चापागाईं को अध्यक्षता तथा महासंघ प्रदेश–१(कोशी) की फ्याक्सन ईन्चार्ज तथा कोशी प्रदेश सभा प्रमुख सचेतक माननीय सांसद विद्या चाम्लिङको प्रमुख आतिथ्य मा भएको कार्यक्रममा प्रदेश–१(कोशी) का कला तथा संस्कृति विभाग प्रमुख ज्योति सिंह दर्लामी, प्रदेश ईन्चार्ज घनराज सुब्बा, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश संचार बिभाग प्रमुख मणि कुमार साम्पाङ( विजय) , पार्टी प्रदेश सल्लाहकार देशु वनेम, महासंघ केन्द्रीय सल्लाहकार प्राज्ञ हरि पौडेल, पार्टीको जिल्ला सहसंयोजक तथा महासंघ झापा जिल्ला ईन्चार्ज रोमनाथ घिमिरे, युवा विद्यार्थी नेता युसन राई , अखिल नेपाल खेलकुद महासंघ कि केन्द्रीय सदस्य जोया सुब्बा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा जिल्ला झापाको राजन चापागाईंको संयोजकत्वमा सहसंयोजक द्वय बन्दना नेम्वाङ र जय मोक्तान सहित ३१ सदस्यीय जिल्ला समिति घोषणा जिल्ला इन्चार्ज रोमनाथ घिमिरे गर्नुभएको थियो भने नवगठित समितिलाई सपथ ग्रहण प्रदेश ईन्चार्ज घनराज सुब्बाले गराउनुभएको थियो । नवगठित समितिलाई शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य, कार्यक्रमका विशिष्ट अतिथि ज्योति सिं दर्लामी र प्रमुख अतिथि प्रदेश माननिय विद्या चाम्लिङ ले राख्नुभएको उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुले जनवादी गीत तथा साहित्यिक रचनाहरु समेत पस्कनुभएको थियो भने स्वागत मन्तव्य जिल्ला सहसंयोजक बन्दना नेम्वाङ ले र कार्यक्रम सञ्चालन गितकार एक राज के सी ले गर्नुभएको थियो ।
उक्त कार्यक्रम जेन्जी युवाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली कम्युनिष्ट पार्टिमा समाहित गराउन माननीय विद्या चाम्लिङका स्वकीय सचिव युवा नेता युसन चाम्लिङ राईको विशेष सहजीकरण गर्दै नवप्रवेशी युवाहरूमा किरण सम्बाहाम्फे (रास्वपा), अमित माल्लिक (रास्वपा), शिशिर राई (एमाले निकट विद्यार्थी ), सनिस खवास(एमाले निकट विद्यार्थी ) , सत्यम राई (एमाले निकट विद्यार्थी ), विवेक सुवेदी (रास्वपा) अवि तामाङ (नेपाली कांगेस) , बिपन लिम्बू (स्वतन्त्र), निसान लिम्बू (स्वतन्त्र ), सौरव कोईराला ( रास्वपा), सेमिहाङ राई (नेकपा एमाले), सौरव रसाईली (नेकपा एमाले ) लगायत रहेको जिल्ला कार्यलय सचिव शिबु मुर्मुले जानकारी दिएका छन ।

सम्बन्धित खबर