Kanakai Online

प्रथम जामुनखाडी भेट्रान्सको उपाधि चारपानेलाई


शनिवार, भदौ २०, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ स्थित ‘सुकेडाँगीमा आयोजित प्रथम भेट्रान्स फुटबल प्रतियोगितको उपाधि चारपाने भेट्रान्स क्लवले हात पारेको छ ।
्आज सम्पन्न फाईनल खेलमा आयोजक जामुनखाडी स्पोटिङ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधि रक्षा गरेको हो ।
बिजयी टिम चारपानेका तर्फबाट ३ वटै गोल रोविन राईले गर्नु भयो । प्रतियोगिताभर उहाँले ९ गोल गर्दै हाई स्कोरको समेत उपाधि रक्षा गर्नु भएको थियो ।
बिजयी टिम चारपानेले उपाधि सगै ट्रफि र नगद ५० हजार प्राप्त गर्यो । उपबिजयी बनेको आयोजकले नगद ३१ हजारमा चित्त बुझायो ।
प्रतियोगिको सर्वोकृष्ट खेलाडी आयोजक टिमका अङकुर खड्की हुनुभयो । यसैगरी वेस्ट गोल किपर बिजयी टिमका किरण जबेगु हुनुभयो । बिजयी उपबिजयी तथा उत्कृष्ट खेलाडीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई २ का वडाअध्यक्ष प्रताप राई, इलाका प्रहरी कार्यालय सुरुङ्खाका प्रमुख रवि राई लगायातले नगद तथा ट्रफि प्रदान गर्नुभयो । स्थानीय खेल मैदानमा भाद्र १३ गतेदेखि आयोजना भएको यस प्रतियोगितामा झापाका ८ टिमको सहभागिता रहेको आयोजक समितिका सचिव सुवास गजमेरले कनकाई अनलाईनलाई बताउँनुभयो ।

सम्बन्धित खबर