Kanakai Online

यस बर्षको मा मनसादेविको पुजा भद्रौ १६ गते भव्य रुपमा हुने


शनिवार, भदौ १३, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कालिस्थानमा विगत लामो समयदेखि हरेक बर्षकाझै लाग्दै आइरहेको मा मनसा देविको पुजा यस बर्ष समेत यहि भदौ १६ गतेका दिन भव्य रुपमा लाग्ने भएको छ ।
स्थानीय बंगाली समाज सेवा समिति कनकाईको आयोजनामा हुन गइरहेको यस मनसादेविको पुजामा यस बर्ष नेपालको खोलामा नालामा समेत दैविक विपत्ति भइरहेकोले यसको समेत निराकरणको लागि समेत नागदेविको कृपा सुख शान्ति र समृद्धि र राष्ट्र कल्याणको भाकल राख्दै नागदेविको पुजा अर्चना गरिने आयोजक बंगाली समाज सेवा समितिका अध्यक्ष पंकज मण्डलले बताउँनुभयो ।
मनसादेविको पुजा भदौ १६ गते मंगवारका दिन दिउसो १२ बजेदेखि भव्य धार्मिक सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिने र उक्त वेलुकी हुने सास्कृतिक कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार श्रीकृष्ण लुइटेल बोके दाह्री लगायातको सहभागिता रहेने कार्यक्रमका संयोजक प्रदिप मण्डलले बताउँनुभयो ।


सुरुङ्गा कालिस्थान मन्दिर क्षेत्रमा हरेक बर्ष व.विगत ७ बर्षदेखि बंगली समाजले मनसा देविको पुजा अर्चना र सास्कृृतिक झाँकीहरु, आफ्नो भेषभुषाको प्रदर्शन समेत गर्दै आइरहेको छ । यस बर्ष समेत यस मनसादेविको पुजामा सहभागि हुन देशभरबाट बंगली समुदाय र नागदेविको भक्तजनहरुको सहभागिता रहने आयोजक बंगाली समाजका अध्यक्ष पकंज मण्डलले जानकारी दिनुभयो ।
मनसा देविको पुजामा धार्मिक जप , कलश यात्रा, पुष्पाञ्जली कार्यक्रम, धार्मिक सास्कृतिक झाँकी, ताण्डप नृत्य, बंगली समुदायको भेषभुषाको प्रदर्शनी, लगायातका गतिविधि र बंगाली समुदायको नृत्य समेत गरिने छ ।
माँ मनसा देविलाई हिन्दु धर्ममा सर्पदेविको रुपमा पुजा गरिन्छ । विशेषगरी वंगाली समुदायम मनसा देविको पुजा दिर्घायु परिवारको सुख, शान्ति, धान्यको वृद्धि तथा सर्पदंशबाट समेत मुक्तिका लागि यो पुजा श्रद्धा आदर भावका साथ गरिन्दै आएको छ । झापाको सुरुङ्गा क्षेत्रमा यस पुजा हुने दिन सानो मेलानै लाग्दै आएको छ । यस बर्ष भाद्र १६ गते मंगलवार पुजा गरिने र १७ गते बुधवार समेत प्रसाद वितरणको कार्यक्रम र समापन गरिने आयोजक समिति बंगाली समाज सेवा समितिले जनाएको छ । पुजालाई भव्य र सभ्य बनाउनका लागि प्रदिप मण्डलको सयोजकत्वमा मुल समिति र अन्य विभिन्न उपसमितिको समेत निर्माण गरिएको बंगाली समाज सेवा समितिका उपाध्यक्ष दिगम मण्डलले बताउँनुभयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा धार्मिक गुरु आचार्य पंण्डित लक्ष्मीप्रसाद खतिवडा रहनुभएको छ । पुजा सम्पन्न गर्नका लागि विभिन्न दाताहरुबाट पुजा खर्चको सहयोग संकलन भएको छ ।

सम्बन्धित खबर