Kanakai Online

प्यारागनका विद्यार्थी र शिक्षकलाई एक दिने विपदको तालिम


शुक्रवार, साउन २९, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित प्यारागन एकाडेमीका विद्यार्थीलाईलाई लक्षित एक दिवशीय विपद व्यवस्थापन सम्बन्धि सचेतना तथा व्यावहारिक तालिम सञ्चालन गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी निरिक्षक सुविन्द्रकुमार कर्ण र प्रहरी नायक निरिक्षक सुवास मिश्रले विद्यागर्थीलाई खाना पकाउने ग्यासबाट लागलागि हुदा कसरी बच्ने, निभाउने, खानेकुरा अड्किदा, श्वास प्रश्वास बन्द हुदा, मानिस बिहोस हुदा कसरी उद्धार गर्ने , जलिरेहेको मानिस देख्दा कसरी आगो निभाउने, घरमा भान्सामा लागेको आगोलाई कसरी नियन्त्रण गर्ने लगायातका विषयमा विपद सम्बन्धि तालिम दिनुभएको हो ।
यसरी विद्यार्थीलाई स्कुल जीवनबाटै यसप्रकारका तालिमहरु दिदा जीवनमा पछि आइपर्ने समस्याहरुमा मद्धत मिल्ने प्यारागन एकाडेमीकी संस्थापक अध्यक्ष चम्पा सुवेदीले बताउँनुभयो ।
यसप्रकारका शिक्षाहरु विद्यालयले स्कुल तहबाटै पाठ्यक्रममै समावेश गरेर लैजान सकिने कनकाई नगरपालिका शिक्षा तथा खेलकुद साखा प्रमुख राजकुमार ओडारीले बताउँनुभयो ।
विद्यार्थीलाई किताबी ज्ञानभन्दा व्यावहारीक शिक्षाको जरुरी पर्ने हुदा स्कुलले यस प्रकारको तालिममको आयोजना गरिएको र ७०० बढी विद्यार्थीैले यस विपदको सामना कसरी गर्ने भन्ने वारेमा जानकारी प्राप्त गरेको प्यारागन एकाडेमीका पिन्सिपल दिपक भट्टराईले बताउँनुभयो ।