कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका धनुषकोटीधाम किरातेश्वर महादेवमा यस बर्षको बोलबम यात्रुलाई यहाँस्थित रोट्रायक्ट क्लव अफ सुरुङ्गाले निशुल्क पानी र सवारी सेवा उपलब्ध गराएको छ ।
सेवा नै धर्म हो भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै सुरुङ्गा बजारदेखि धनुषकोटीधाम सम्मको यात्रामा असक्त हरुका लागि निशुल्क यात्राको प्रबन्ध गरिएको र भक्तजनहरुलाई लक्षित गरि निशुल्क पानी समेत वितरण गरिएको भक्तजन सँग रोट्रयाक्टर कार्यक्रमका संयोजक दिपिन ओलीले कनकाई अनलाईनलाई बताउँनुभयो । रोट्रायक्ट सुरुङ्गाले यस कार्यका लागि ओली सहित मिनु मगर, कृति खतिवडाको संयोजकत्वमा समिति समेत गठन गरिएको रोट्रायक्ट क्लव सुरुङ्गाका अध्यक्ष सोहन उप्रेतीले बताउँनुभयो ।




