Kanakai Online

दुर्घटनामा परी एकको मृत्यु ४ घाईते


आइतवार, साउन २४, २०८३ |

कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका २ स्थित बाह्रकोटी गाउँमा अटो र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते बनेका छन ।
आईतवार विहान बिर्तामोड २ स्थित भित्री सडकमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एक आपसमा जुध्दा अटोमा सवार अटो चालक तयामुल हक सहित अन्य ४ जना घाईते भएका थिए । जसमा अटोमा सवार झापा गाउँपालिका ४ भामटोली निवासी ३५ बर्षिय सुखी बिबीको उपचारका क्रममा दिउसो साढे १ बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाईते अन्यको बिर्र्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य झापा गाउँपालिका ४ कै बर्ष ४५ सलेहा बिवी, बर्ष २२ की मुस्केरा खातुन, ४८ बर्षिय हेलाल मियाको हाल उपचार भइरहेको छ ।