Kanakai Online

प्रजापतिमा दसैमा वडास्तरीय फुटबल हुने्


शनिवार, साउन २३, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन समुहको खेल मैदानमा वडादसैमा नगर वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय प्रजापति सामाजिक क्लवको आयोजनामा यहि असोज २२ गतेदेखि ३० गतेसम्म हुने यस प्रतियोगिताको तयारी तीब्र बनाइएको छ । प्रतियोगिताको तयारीका वारेमा जानकारी दिन आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ ।
कनकाईका ९ वटा वडाबाट एक एक टिमले प्रतियोगितामा सहभागि हुने यस प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १११ र दोस्रो हुने टिमले नगद ३१ हजार १११ रुपैँया प्राप्त गर्ने आयोजक समिति प्रजापति सामुदायिक क्लवका अध्यक्ष तिलोचन रिजालले बताउँनुभयो । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यावस्थापन गरिएको छ । जसमा हरेक दिन म्यान अफ द म्याच, हाई स्कोर, मेन अफ द टुनामेन्ट, उत्कृष्ट गोल किपर लगायात रहेको छ ।
प्रतियोगिताको तयारी सुरु गरिएको र यस प्रतियोगिताको आयोजना गर्नुको मुल उद्धेश्य देशमा हाल भइरहेको धर्म धर्म र अलग अलग सम्प्रादायविचको आपसी बैमश्यतालाई हटाउनु रहेको पत्रकार सम्मेलनमा आयोजक समितिले जनाएको छ । आयोजक समितिका अध्यक्ष तिलचन रिजालले खेलको माध्यमबाट यो सबै कुराको विभेद हटाउन सक्ने आयोजकको विश्वास रहेको छ ।
कुल ४ लाख खर्च लाग्ने यस प्रतियोगिताको खर्चको व्यावस्थापन कनकाई नगरपालिका, प्रजापति सामु्दायिक वन समुह, वडा कार्यालयहरु लगायात यहाँका उद्योगी, व्यावसायी स्वदेश विदेशमा रहनुभएका दाजुभाई दिदी बहिनीहरुबाट सहयोग जुटाइने आयोजक समितिले जनाएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन आयोजक प्रजाति सामुदायिक क्वलवका सचिव शिशिर अधिकारीले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा क्लवका पुर्व अध्यक्ष इश्वर सुवेदी, क्लवका उपाध्यक्ष कसिस गिरी, कोषाध्यक्ष सुनिता पौडेल लगायातको उपस्थिति रहेको थियो ।