Kanakai Online

कनकाई सामुदायिक वनले दियो उपभोत्तालाई प्राथमिक उपचारको तालिम


शनिवार, साउन १६, २०८३ |

कनकाई अनलाईन

कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, कनकाई नगर महासंघको सह–आयोजनामा संस्थाको नवनिर्मित भवनमा शनिबार प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम एन्जल फाउन्डेसन नेपाल तथा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा गरिएको हो ।

कार्यक्रममा प्रशिक्षक जीवन सिंह राजवंशीले पाइल्स रोगसम्बन्धी जानकारी गराउँदै रोगका कारण, लक्षण, सावधानी तथा उपचारका विषयमा सचेत गराउनुका साथै प्राथमिक उपचारका विभिन्न पक्षबारे समेत जानकारी दिनुभएको थियो ।
सर्पले टोकेको तथा जलेको अवस्थामा तत्काल कसरी प्राथमिक उपचार गर्ने, घाइतेलाई अस्पतालसम्म सुरक्षित रूपमा कसरी पु¥याउने भन्ने विषयमा प्रशिक्षक मनिषा भण्डारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। त्यसैगरी हृदयाघात तथा करेन्ट लागेको आकस्मिक अवस्था आइपर्दा अस्पताल पु¥याउनुअघि कसरी प्राथमिक उपचार गर्ने र बिरामीलाई सुरक्षित रूपमा अस्पतालसम्म कसरी पु¥याउने भन्ने विषयमा प्रशिक्षक बिना सुब्बाले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका–३ का वडा अध्यक्ष युवराज चम्लागाईं , बिशिस्ट अतिथि कनकाई सुरुङ्गा सहकारी संस्थाका अध्यक्ष प्रकाश चुडालले बिरामी परेपछि अस्पताल पु¥याउनुअघि गर्नुपर्ने प्राथमिक उपचारका बारेमा पर्याप्त जानकारी नहुँदा कतिपय अवस्थामा थप क्षति हुने गरेको बताउँदै, आम समुदायलाई प्राथमिक उपचारसम्बन्धी व्यवहारिक ज्ञान र सचेतना आवश्यक रहेको अवस्थामा यश किसिमको कार्यक्रम आयोजना गरिएको भन्दै आयोजक परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की, कृषि बजारका अध्यक्ष डिल्ली उप्रेती, सुकेडागी सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव गोपाल खरेल, प्रजापती सामुदायिक वनबाट सुस्मा सिद्देल र गुरुभक्त दङ्गाल लगायतको आतिथ्यता रहेको थियो भने कनकाई सामुदायिक वनअन्तर्गतका विभिन्न टोलका टोल सम्योजक तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका अध्यक्ष तथा कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओलीले कार्यक्रमका लागि प्राविधिक सहयोग गर्ने एन्जल फाउन्डेसन नेपाल तथा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखालगायतका संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष श्रीप्रसाद खरेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामुदायिक वनकी सचिव मान्ता देवी खरेलले गर्नुभएको थियो।

सम्बन्धित खबर