Kanakai Online

कनकाई घाटको नयाँ समितिलाई सपथ ग्रहण


शनिवार, साउन १६, २०८३ |

कनकाई अनलाईन
लामो समयसम्मको रस्साकस्सी र यहाँका नागरीक समाज र सञ्चारमाध्यको तीव्र आलोचना पछि यस क्षेत्रको कनकाई घाट समितिले सर्वसम्मत नेतृत्व पाएकोे छ ।
आज विशेष कार्यक्रमका विच घाट समितिको निर्वाचन समितिले नयाँ समितिलाई पदको सपथग्रहण गर्दै आआफ्नो जिम्मेवारी प्रदान समेत गरेको छ ।
निर्वाचन समितिका संयोजक .तथा सञ्चारकर्मी तीर्थराज खरेलले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको हो ।
जसमा अध्यक्षमा डिल्लीराम मैनाली, उपाध्यक्षमा भक्तिप्रसाद संग्रौला, महासचिवमा गोपाल खरेल, सचिवमा श्याम पौडेल, कोषाध्यक्षमा युवराज उप्रेती र सदस्यहरुमा मनिस रिजाल, हिरण्यकुमार राई, डिल्लीराम पाठक, मानबहादुर पौडेल र निर्मला चाम्लिङ्ग राई यसैगरी लेखा समिति संयोजक डिल्ली पौडेल र सदस्यहरुमा भरतकुमार ढकाल र होमकुमारी कुमाललाई गोपनियताको सपथ खुवाउनुभएको हो ।
कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कनकाई घाटका संस्थापक अध्यक्ष प्रभाखर कड्रिया, सहसचिव युवराज संग्रौला, घाट समितिका पुर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल र ख्यामनाथ मिश्र, नेकपा कनकाईका इन्चार्ज विष्णुप्रसाद बिमली, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की, निर्वाचन समितिका संयोजक तीर्थराज खरेल, नवनिर्वाचित अध्यक्ष डिल्लीराम मैनाली लगायातले मन्तव्य राख्नुहुदै मानिसको सबैभन्दा दुःख परेको वेलामा जाने स्थान कनकाई घाटलाई सबैको दुख्खको सारथी बनाइछाडने प्रतिवद्धता जनाइएको थियो ।
यसैगरि घाटमा नयाँ समितिबाट चाडै विद्यूतीय घाट सञ्चालन र त्यहाँ व्यवस्थित सौचालय लगायातको व्यावस्थापन गर्ने प्रतिवद्धता जनाइएको थियो ।
केहिदिन पहिलेसम्म कनकाई घाटमा चुनाव हुने सम्मको तयारी भइरहेको वेला सर्वत्र आलोचना भएपछि एक पक्षका सबै उम्मेद्धारहरुले आफ्नो उम्मेद्धारी फिर्ता लिएपछि कानुनी प्रक्रिया पूरा गरेरै नेतृत्व सर्वसम्मत गरिएको निर्वाचन समितिका सदस्य सोमनाथ उप्रतीले बताउँनुभयो ।

सम्बन्धित खबर