
कनकाई अनलाईन
झापाको कनकाई माविबाट यसवर्षको लागुऔषध, धुम्रपान, मद्यपान विरुद्धको अभियान सुरु भएको छ ।
विद्यालय व्यावस्थापन समितिका नयाँ अध्यक्ष हरिप्रसाद तिम्सिनाले आफ्नो कार्यकाल सुरु गरेदेखि यस क्षेत्रमा लागुऔषध र धुम्रपान मद्यपान विरुद्धको सचेतना लगायातका कार्यक्रमहरु आफ्नै स्कुलदेखि सुरु गर्नुभएको हो ।

आजबाट सुरु भएको धुम्रपान, मदिरापान र लागुऔषधले मानव स्वास्थ्यमा पार्ने प्रभाव र यसको न्युनिकरण विषयक सरोकारवालाहरुको कार्यक्रममा यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक, विद्यार्थी, प्रहरी, स्थानीय अभिभावक, पसल व्यावसायी, कनकाई नगरका कर्मचारी, जनप्रतिनिधि र पत्रकारको सहभागिता रहेको कार्यक्रमको औचित्यमाथि बोल्दै कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले स्कुलको वातावरणमात्रै नभएर समग्र कनकाई नगर क्षेत्रकै वातावरणलाई स्वस्थ्य बनाउनका लागि कनकाई माविबाटै अभियान सुरु गरिएको बताउँनुभयो ।

विद्यालयको वातावरण सुधार गर्नका लागि छिमेकी अभिभावकबाट समेत कतिपय अवस्थामा असयोग भइरहेको उल्लेख गर्दै सबैको साथ सहयोगको अप्रेक्षा विद्यालयले राखेको प्रअ डाँगीको भनाई थियो । स्कुलका सबै विद्यार्थीहरुलाई सम्भ र धुम्रपान, मद्यपानको कुलतबाट टाडै राख्नका लागि समेत यस अभियानको निरन्तता दिदै आएको प्रअ डाँगीको भनाई थियो । यस अभियानलई आफ्नो घरबाट सुरु गर्नुपर्ने र स्कुलमा झन वृहत हुनुपर्ने भन्दै यसको अभियान सफल बनाइछाडने प्रतिवद्धता उहाँको थियो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाक प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले कनकाईका अनगिन्ति समस्याहरुमध्ये लागु औषध सेवनको समस्या प्रमुख रुपमा रहेको बताउँदै सिंगो नागरिक समाज र प्रहरी प्रशासनले यस विरुद्ध लाग्नुपर्ने बेला आएको बताउँनुभयो । लागुऔषध र सुर्ती विक्री गरेर क्षणिक कमाई गर्न सकेपनि कालान्तरमा गएर यसले भावी पुस्तालाई वर्वादीको बाटोमा लगिछाडने भएकोले गलत बाटोमा नलाग्न सबै समक्ष प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको अनुरोध थियो ।

कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले लागुऔषध र सुर्ति सेवन मदिरा सेवनले समाजलाई धेरैनै आक्रान्त बनाइसकेको भन्दै यसलाई रोक्न सबैको भुमिका अनिवार्य रहेको बताउँनुभयो । अझ विद्यार्थीहरु यस्ता विकृतिको दलदलम फसेको खण्डमा सिंगो मुलुकनै वर्वादीको बाटोमा जाने भन्दै कनकाई नगरले यसप्रकारका कार्यक्रमहरुलाई निरन्तता दिने बताउँनुभयो ।

कनकाई नगरपालिकाले दुव्र्यसनी हटाउन सुर्ती समेत विक्री वितरणमा रोक लगाइसकेको भन्दै यसलाई निरन्ता दिने बताउँनुभयो । सुर्तिजन्य पदार्थको किनवेच र सेवनलाई रोक्न सकेमात्रै पनि भविष्यका कर्णधार वालवालिकालाई नशाबाट मुक्त बनाउन सकिने वडाअध्यक्ष चम्लगाईको भनाई थियो । कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा साखा प्रमुख राजकुमार ओडारीले विद्यालय र अस्पताल परिसरमा धुम्रपान, मद्यपानको विक्री वितरण गरेको खण्डमा समेत फौजदारी अपराध संहितामा स्पष्ट व्यावस्था भइसकेको बताउँनुभयो । सुर्ति र मादक पदार्थ लागुऔषध विरुद्धको अभियानमा सिंगो समाज र नगरपालिका शिक्षा साखा समेत लागिपर्ने उहाँको प्रतिवद्धता रहेको थियो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक रवि राईले सुरुङ्गा क्षेत्र घना वनजंगल, दुई ठुला नदिहरु माई र विरिङका कारण पनि लागुऔषध प्रयोगकर्ताहरु बढिरहेको बताउँदै खुल्ला सिमाका कारण कारोवारीहरु समेत यस क्षेत्रमा टाउको दुखाईको विषय बनिरहेको बताउँनुभयो ।
कनकाई माविले थालेको यस अभियानमा प्रहरी र सबै नागरिक समाजको समेत साथ सहयोग रहने उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय झापामा समेत यसबर्ष लागुऔषध विरुद्धको अभियान सञ्चालनमा रहेको बताउँदै यस क्षेत्रमा समेत कनकाई माविले अभियानमा थालेको भन्दै सबैले लागुऔषध विरुद्धकको सचेतनमा हातेमालो गर्नु आवश्यक रहेको बताउँनुभयो ।
कार्यक्रममा विद्यालयकी शिक्षक अभिभावक संघकी अध्यक्ष खगमाया चापागाई, सदस्य सुजन काफ्ले, विद्यालयकी नर्स रितु सोडारी, विद्यालयका शिक्षक अम्बिकाप्रसाद रिजाल, ख्यामप्रसाद भट्टराई, प्रेस क्लव कनकाई सुरुङ्गाका अध्यक्ष लीलाराज झापाली, पत्रकार रामप्रसाद निरौला, नवजीवन सुधार केन्द्रका प्रतिनिधि अरविट कड्रिया लगायातले कनकाई माविले सञ्चालन गरेको यस अभियानको सारथी बन्ने प्रतिवद्धता जनाउँनुभएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक दिलिप खतिवडा र सभापतित्व कनकाई माविका अध्यक्ष हरिप्रसाद तिम्सिनाले गर्नुभएको थियो ।



