Kanakai Online

गायक सम्भु राईले दमक र झिलझिले तताउने


बिहिवार, साउन १४, २०८३ |

कनकाई अनलाईन
चिठी तिमीलाई लेख्यौ भन्छु, आलु दम चाना, घर त हिलो हो, यो मन भन्छ कहाँ जाउँ लगायातका हज्जारौ कालजयी गितका सर्जक गायक तथा संगितकार सम्भु राईले यो बर्ष झापाको २ स्थानमा एकसाथ साङगितीक प्रस्तुति दिने हुनुभएको छ ।
झापाको झिलझिलेमा यहि असोज २४ गते शनिवार र असोज २५ गते आईतवार दमकमा आफ्नो साङ्गितीक प्रस्तुति रहने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।


आफ्नो संस्थागत सहयोग र छात्रवृत्ति कोषको स्थापनाका लागि आदिवाशी जनजाति नेत्रहिन संघ झापाले गायक सम्भु राईलाई साङगितिक प्रस्तुतिका लागि ल्याउन लागेको आज दमक र झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।
आयोजक समितिका अध्यक्ष भोजकुमार तामाङका अनुसार उक्त दुबै दिन गायक सम्भु राईको साथमा अन्य ख्यातिप्राप्त कलकारहरुको र विहानी कला केन्द्र दमक लगायातबाट समेत विशेष साङगितिक प्रस्तुति रहने छ । उक्त दुबै साङगितिक कार्यक्रमबाट संकलित रकमबाट आदिवाशी जनजाति नेत्रहिन संघले स्थापना गरेको छात्रवृत्तिमा कोषका लागि राखिने र केहि रकम संस्थाको नियमित कामका लागि खर्च गर्ने लक्ष्य आयोजकले राखेको छ ।
कार्यक्रमबाट कुल १० लाख जति संकलन हुने र ४ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
साङगितिक कार्यक्रम सम्पन्न गर्न दमक क्षेत्रका लागि पुर्व प्राज्ञ सुमित्रा वाङदेल चेलीको संयोजकत्वमा समिति निर्माण गरेर तयारी तीव्र पारिएको छ भने शिवसताक्षीमा समेत शिवसताक्षी ९ का वडाअध्यक्ष डिल्लीलाल फेम्बु, शिवसताक्षी १० का समाजसेवी तथा गैडे साम्दायिक वन समु्हका अध्यक्ष राम लावती, वडा नम्बर ११ का समाजसेवी तथा दुधे बजार व्यावस्थापन समितिका अध्यक्ष सन्तोस थ्रोप्रा लगायातको नेतृत्वमा कार्यक्रम अगाडि बडाइएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
कार्यक्रममा जनचेतनामुलक छोटो नाटक र प्रतिभा सम्मान उत्कृष्ट स्थानीय गायकलाई गायक सम्भु राईसग गित गाउँने मौका लगायातको घोषणा समेत गरिने छ ।
यसैगरि कार्यक्रम सम्पन्न गर्नका लागि प्रायोजक र सहप्रायोजकहरुको समेत खोजी कार्य सुरु गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिनुभयो । पत्रकारले सम्मेलनमा पत्रकारले सोधेको प्र्रश्नको उत्तर आदिवाशी जनजाति नेत्रहिन संघ झापाका सहसचिव कविराज कुमाल, कोषाध्यक्ष कौशिलादेवि गुरुङ लगायातले दिनुभएको थियो ।

सम्बन्धित खबर