
कनकाई अनलाईन
नेपाली कम्युनिष्ट पार्टी कनकाईको संयोजकमा युवा नेता प्रतिक राजवंशी चयन हुनुभएको छ ।
वृहत बाम घटकविच भएको एकता प्रक्रियाबाट राजवंशी कनकाईको संयोजक चयन हुनु भएको हो ।
राजवंशी झापा क्षेत्र नम्बर ४ का पुर्वसांसद नारायणसिंह राजवंशी तथा अम्बिका खबास राजवंशीका जेष्ठ पुत्र समेत रहनुभएको छ । उहाँ युवा वर्गमा चर्चित मानिनुहुन्छ । उहाँसग युवा संघ झापाको जिल्ला उपाध्यक्ष चलाएको समेत अनुभव रहेको छ । यसैगरी पार्टीको सहसंयोजकमा तेजबहादुर आचार्य सर्वसम्मत हुनुभएको छ । आचार्य समेत झापाका पुर्व कर्मचारी संगठनका अध्यक्ष समेत रहेर कार्य गरिसक्नुभएको छ ।
यसैविच नेपाली कम्युनिष्ट पार्टीको कनकाई नगर कमिटी १०१ सदस्य गठन गरिएको छ । जसको संयोजकमा प्रतिक राजवंशी, सहसंयोजकमा तेजबहादुर आचार्य रहनुभएको छ भने सदस्यहरुमा भक्तिप्रसाद संग्रौला, रामबहादुर थापा, शान्ति उपाध्याय दुलाल, कमल बस्नेत, लीलाप्रसाई संग्रौला, भक्तिप्रसाद पाठक, प्रेमप्रसाद न्यौपाने, प्रेम चुडाल, ललितबहादुर कार्की, लीला कार्की, विनोद वराईली, वालिका थपलिया, नेत्रप्रसाद ढुंगेल, गणेश भट्टराई, गोपाल खरेल, डिल्लीराम पौडेल, युवराज ढुङ्गेल, डिल्लीराम पाठक, यमुना खपाङ्गी, बलभद्र सिटौला, सोम सोरेन, ख्यामराज शिवाकोटी, गोपाल भट्टराई, गोविन्द चापागाई, मेघराज मगर, केदार दाहाल, हरिमाया राई, प्रेम ओली, पदम अधिकारी, रेवत रेग्मी, डिल्ली खड्का, डम्बरबहादुर शांसकर, विष्णु सुवेदी, वृहस्पति राजवंशी, होम थापा, दिपेन्द्र खबास, अनिरुद्र चापागाई, राजकुमार पोखरेल, गोविन्द्र गौतम, संगता घतानी, दुर्गा उप्रेती, कुलप्रसाद थपलिया, यानिमाया कन्दङ्वा, तलिक वयलकोटी, नगेन्द्र उप्रेती, धर्मराज .घिमिरे(शिशिर) प्रकाश आचार्य, दधिराम पोखरेल, कृष्णप्रसाद सिटौला, देवेन्द्र गहतराज, राम घिमिरे, मेघनाथ पाठक, गोपाल भट्टराई, आईपी भट्टराई, मंगलसिंह राजवंशी, मिरा प्रधान, पुर्ण श्रेष्ठ, सविन विक, सरोज मैनाली, अनिता राजंवंशी, नविन सिटौला, उत्सव वास्तोला, यज्ञराज कार्की, खगेन्द्र पाठक, दिलकुमारी उप्रेती, भीम फुयाँल, भक्त तामाङ, ललिमान भारती, रोषन पौडेल, तगदलाल माझि, शान्तिराम ढुङ्गेल, सुरेशकुमार मैनाली, कृष्ण बस्नेत लगायात रहनुभएको छ ।
यसैविच पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका मणिकुमार साम्पाङ्ग बिजयले नयाँ समितिलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व कृषि मन्त्री झलकर्सिह दर्लामी शन्देश, नेपाली कम्युनिष्ट पार्टीका झापा जिल्ला संयोजक खडगप्रसाद तिम्सिना पवन,पार्टीका जिल्ला सहसंयोजक बासु दुलाल लगायातले प्रशिक्षणात्मक मन्तव्य राख्दै अहिलेको एमाले नेपाली कम्युनिष्ट पार्टीविच प्रदेश सरकारमा मिल्नुपर्ने कारण अन्य केही नभएर संविधानको रक्षा र प्रदेश सरकारलाई तत्कालै मध्यवधि निर्वाचनवाट रोक्नु रहेको बताउँनुभयो ।
कार्यक्रमको सञ्चालक पार्टीका सहसंयोजक तेजबहादुर आचार्यले गर्नुभएको थियो ।




