Kanakai Online

कनकाई नगरको बजेट सार्वजनिकमा पत्रकार सहित दर्जनौ सम्मानित


शुक्रवार, साउन १, २०८३ |

कनकाई अनलाईन
आर्थिक बर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्दै कनकाई नगरपालिकाले पत्रकार सिएम शर्मा सहित कर्मचारी, उत्कृट करदाता, उपभोक्ता समिति र ठेकेदार सहित गरेर दर्जनौलाई सम्मान गरेको छ ।
हिजो नगरपालिकामा आयोजित कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटीले कनकाई नगरपालिकाको सर्वोकृष्ट पत्रकारका रुपमा पत्रकार सिएम शर्मालाई पुन दोस्रो पटक पनि नगद सहित सम्मानित गरिएको हो । यसअघि समेत शर्मा सोही पुरस्कारबाट सम्मानित भएका पत्रकार हुन ।
बजेट सार्वजनिकरणमा उत्कृष्ट कर्मचारीतर्फ इन्द्रहरी भट्टराई, उत्कृष्ट विद्यालय कर्मचारीमा गोकुलप्रसाद खनाल, उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकामा कुमारी गुरागाई, उत्कृष्ट वालविकास सहजकर्तामा मिनाकुमारी बस्नेत, उत्कृष्ट बहाल करदातामा कुमारमणि पोखरेल, उत्कृष्ट सम्पत्ति करदातामा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उत्कृष्ट करदाता घरनक्सातर्फमा गोमादेवि उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, उत्कृष्ट पशुपालकमा टिकाराम कटुवाल, उत्कृष्ट कृषकमा वेदकुमार मैनाली, उत्कृष्ट खेलाडीमा अर्पना मगर, उत्कृष्ट कर्मचारीमा संगिता बुडाथोकी, उपभोक्ता समितिमा कनकाई १ को दिपक ओलीको घर पश्चिम जाने बाटोको उपभोक्ता समिति, निर्माण व्यावसायीमा सरोज भट्टराई रहनुभएको छ ।
सम्मानित सबैलाई नगद ७ हजार सहित सम्मान गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की, वडा अध्यक्ष भीष्मभुषण सिटौला, राजनैतिक दलको तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका नगर संयोजक प्रतिक राजवंंशी, महिला वडा सदस्य मन्दिरा विक लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले नगरको आर्थिक बर्ष २०८३÷८४ को बजेटका विशेषताहरुको वारेमा बताउँनुभएको थियो । आर्थिक बर्ष २०८३÷८४ को कुल रकम ६६ करोड, ३५ लाख, ८८ हजार ६९८ रुपैँया बराबरको बजेट समेटिएको बजेट पुस्तक समेत सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खबर