
कनकाई अनलाईन
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का घुससहित झापामा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले आज दिउँसो १ बजे उनलाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ठेकेदारलाई दुःख दिएर उनले घुस मागेका थिए।
दमक नगरपालिका– १ स्थित खाजा घरबाट घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेको थियो ।



