Kanakai Online

अन्तराष्ट्रिय ब्राण्डको विक्री अब सुरुङ्गा बजारमा


आइतवार, असार २८, २०८३ |

कनकाई अनलाईन
झापाको सुरुङ्गा बजारमा आजदेखि एमटी ब्लसम ब्युटी पसल सञ्चालनमा आएको छ ।
कनकाई नगरपालिका ३ स्थित क्याम्पस रोडको प्रसन्ना ज्वलेरीसगै रहेको यस पसलको उदघाटन यस क्षेत्रकै बहोवृद्ध माता १०१ बर्षिय डम्बरकुमारी कटुवालले गर्नुभयो ।
यस क्षेत्रका स्थापित युवा व्यावसायी तारा प्रसाई तथा मन्दिरा कार्की प्रसाईले आफ्नी कक्षा ११ मा अध्यानरत् छोरी तमन्ना प्रसाईको लागि सञ्चालनमा ल्याइदीएको यस पसलमा विश्वका प्राय सबै देशका ब्राण्डेड कस्मेटीक सामाग्रीहरु, चलचित्रका हिरोइनहरु तथा मोडलहरुले प्रयोग गर्ने सौन्दर्य सामाग्रीहरु, ब्युटी पार्लरमा प्रयोग हुने विभिन्न श्रृगारका सामाग्रीहरु, लेडिज ब्याग लगायातका सबै सामाग्रहरु उपलब्ध हुने छ ।
पसल समुदघाटनका अवशरमा यस इलामका चर्चित सञ्चारकर्मी रमेश बुडाथोकी, यहाँका सञ्चारकर्मी, ःव्यावसायीक व्याक्तित्वहरु तथा स्थानीय ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
व्यावसायी तारा प्रसाई र श्रीमती मन्दिरा कार्की प्रसाईले आफ्नी छोरीले विदेश मोह त्यागेरै नेपालमै केहि गरोस भन्ने मनसायले पसल सुरु गरिदिएको बताउँनुभयो । प्राय यहाँका स्थानीय ग्राहकहरु राम्रा र अन्तराष्ट्रिय सामानको खोजीमा विर्तामोड तथा भारतसम्म समेत जाने गरेको पाइएकोले ती ग्राहकलाई यहि रोक्नु पनि रहेको बताउँनुभयो ।

साथै साउन ४ गतेसम्मका लागि ओपनिङ्गको अवशरमा विशेष छुट रहेको जनाइएको छ ।

सम्बन्धित खबर