Kanakai Online

इलाका प्रहरी बिर्तामोडका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण


शनिवार, असार २७, २०८३ |

कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय बिर्तामोडमा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम संचालन गरिएको थियो । शिविरबाट ८० जना थुनुवा लाभान्वित हुनुभएको छ ।

बीएण्डसी अस्पतालका बरिष्ट डाक्टर विकास शुर्खेनीसहित ४ जना डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

सम्बन्धित खबर