कनकाई अनलाईन
जेन्जी आन्दोलनमा भएको एउटा टिभी पनि तोडफोड भएपछि समाचार र विश्वकप फुटबल समेत हेर्न नपाइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गालाई यहाँस्थित कनकाई नगर प्याब्सनले एक थान ४३ इन्चको टिभी खरिद गरिदिएको छ ।
विशेष कार्यक्रममा विच प्याब्सन कनकाईका अध्यक्ष विनोद उप्रेती, सचिव गोकुल उप्रेती, कोषाध्यक्ष बिमान लामा, सदस्य रोषन केसी, जिल्ला प्याब्सनका प्राज्ञिक सल्लाहकार अखिल कोइराला, नगर प्याब्सनका सल्लाहकार सागर ढुङ्गाना, प्यारागन एकाडेमीका पिन्सिपल दिपक भट्टराई, दिव्यरत्न अंग्रेजी माविका अध्यक्ष सागर चौहान लगायातले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक रवि राईलाई टिभी हस्तानतरण गर्नुभयो । टिभी लिदै प्रहरी प्रमुख राईले विश्वभर फुटबलको महानपर्व चलिरहेको बेला इलाका प्रहरीका जवानहरु भने कसले जित्यो भनेर अरुलाई सोध्नुपर्ने बाध्यता रहेको भन्दै अब कम्तीमा समाचार हेर्न र विश्व घटना बुझ्न मद्धत मिलेको बताउँनुभयो । हामी आलोपालो डयुटीमा पनि जाने हो प्राय खेलहरु राती हुने हुदा हामीले डयुटीमा रहने प्रहरीले त फुटबल र समाचार हेर्न पाउने भयो राईले भन्नुभयो । कार्यक्रममा बोल्दै कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले विश्वकपको सुरुमै आफुहरुले प्रहरीलाई टिभी दिने तयारी गरेपनि विविध कारणले ढिलाई भएको भन्दै क्षमा माग्नुभएको थियो । हामीले नागरिक प्रहरी साझेदारी र समन्वयका लागि यो कार्य सहयोग गरेका हौ उप्रेतीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्याब्सनका प्राज्ञिक सल्लाहकार अखिलकुमार कोइरालाले आफुहरुले निजि विद्यालय सञ्चालन गरेर समाजलाई उज्यालो प्रदान गरिरहेका निजि विद्यालयका सञ्चालकहरुले शिक्षाका साथमा खेलकुद, साहित्य लगायातका सामाजिक सुधारका कार्यहरु गर्दै आइरहेकोमा यसपटक नागरकको जिउ धनको रक्षाका लागि अहोरात्र खटिने प्रहरीका लागि केहि सहयोग गर्न पाएकोमा खुसी व्याक्त गर्नुभयो । कार्यक्रमको सञ्चालक नगर प्याब्सनका कोषाध्यक्ष विमान लामाले गर्नुभएको थियो ।



