Kanakai Online

खोलामा बगिरहेका बच्चाको प्रहरीद्धारा सकुशल उद्धार


शनिवार, असार २०, २०८३ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका २ सुकेडाँगीस्थित कनकाई माई नदिमा पौडी खेल्ने क्रममा शनिवार आज दिउसो साढे २ बजे डुबेका एक ८ बर्षिय वालकको प्रहरीद्धारा सकुशल उद्धार गरेको छ ।
शनिवार छुट्टिका दिन गर्मी छल्न आफ्ना केहि साथीहरुका साथमा पौडी खेल्ने क्रममा डुबेका कनकाई नगरपालिका ४ नवज्योती टोलका पदमबहादुर लिम्बुका ८ बर्षिय वाल सुनिल लिम्बु पौडी खेल्नेक्रममा अचानक डुबेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली पुगेर बालकलाई खोलाबाट झिकेको हो । त्यहि बेला नदिमा चिल्डेन अस्पताल बिर्तामोडको चिकित्सकहरुको टोली नदिमा पुजा गर्न समेत आएको हुनाले चिकित्सकको टोलीले प्राथमिक उपचार गरेपछि थप उपचारका लागि कनकाई नगर अस्पताल ल्याइएको थियो । हाल वालकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक रवि राईले बताउँनुभयो । उनका आफ्ना साथीहरुसगै पौडी खेलीरहेका सुनिल अचानक डुबेपछि उनका साथीहरु भागेका थिए । त्यहि पुजा गर्न आउने अन्यले बच्चा डुबेको देखेर प्रहरीलाई खबर गरेका थिए । उनको अभिभावक फेला नपरेपछि कनकाई अनलाईन लगायातका सामाजिक सञ्जालहरुमा समेत सुचना प्रवाह गरिएको थियो । समाचारमा बच्चाको हुलिया प्रकाशनको १ घण्टाभित्रै अभिभावक फेला पनुर््भएको थियो ।