Kanakai Online

युनिक क्याफे दोस्रो बर्षमा, मानविय सेवा गरेर वार्षिकोत्सव


मङ्गलवार, असार १६, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको पुरानो सब्जी लाईनमा एक १७ बर्षे ठिटोले सञ्चालनमा ल्याएको युनिक क्याफे एण्ड रेष्ट्रो स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको छ ।
कनकाई नगरपालिका ३ का जनप्रतिनिधि गोविन्द सुवेदी तथा आमा कविता सुवेदीको छोरा यु्निकले आफ्नो नामबाट सञ्चालनमा ल्याएको यस क्याफेमा हाल ५ जनाले नियमित रोजगारी पाईरहेका छन भने क्याफेको साथमा सीप सिकेर स्वदेश तथा विदेशमै केहि गर्न खोज्नेहरुका लागि एक सय वढी युवालाई कफिका परिकार बनाउने वारिस्ता तालिम समेत सञ्चालन गरिसकेका छन ।
कफि हाउसको स्थापना गरेको बर्षदिन पुगेको अवशरमा युनिकले कनकाईका २ फरक फरक स्थानमा सामाजिक कार्य र सहयोग गर्दै स्थापना दिवश मनाएका छन ।
कनकाई नगरपालिका ५ बेनुबाजामा रहेका वैदेशिक रोजगारीका लागि दुबईमा रहदा रोग लागेर द्ुबै हातखुट्टा गुमाएर घरमा रहेका उमेश खातीलाई खाद्यान्न, फलफुल र केहि नगद सहयोग गरेका छन भने आजै कनकाई नगरपालिका ४ कोटीहवनमा रहेको पुकार अपाङ्ग असक्त समाज झापामा रहेका १७ जना वालवालिकाका लागि खानेकुरा र अत्यावश्यक सामाग्रीहरु प्रदान गरेका छन ।
युनिकले आफु आफु रोजगारीका लागि विदेश जाने भन्दापनि स्वदेशमै बसेर हरेक युवाले कम्तीमा थप एक जना सम्मलाई रोजगारी दिनका लागि कामगर्नुपर्ने बेला आएको बताए ।
क्याफेमा नेपाली खाना र खाजाका विभिन्न परिकारहरु उपलब्ध गराउँदै आएको छ भने सो खाना र कफि बनाउने तालिम विभिन्न पालिका र संघ संस्थाको समन्वयमा समेत प्रदान गर्दै आएको छ ।