Kanakai Online

कनकाई ९ की समिक्षा श्रेष्ठले आफ्नो जन्मदिन मनाउने खर्च हातखुट्टा गुमाएका खातीलाई


बिहिवार, असार ११, २०८३ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ९ घैलाडुब्बाकी समिक्षा श्रेष्ठले आफ्नो जन्मदिन मनाउने फजुल खर्चलाई यहाँस्थित कनकाई नगरपालिका ५ बेनुबाजाका दुबै हातखुट्टा गुमाएका उमेश खातीलाई दिएर मनाउनु भएको छ ।
आजै समिक्षाकी माता कलादेवि श्रेष्ठ तथा पिता सुशिलकुमार श्रेष्ठको हातबाट नगद २५ हजार र केहि खानेकुरा सहित दुबै हातखुट्टा गुमाएका २७ बर्षिय युवकलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी हुन ।
मैले साथीभाईलाई जम्मा गरेर रमाइलो तरिकाले आफ्नो जन्मदिन पनि मनाउन सक्ने थिए तर मलाई त्यो खुसी भन्दा आफ्नै गाउँले साथीभाईको यो हविगत सुनेर म रमाइलो मान्न सकिन र यसरी जन्मदिन मनाउने निर्णय गरे यसमा माता पिताले समेत साथ सहयोग दिनुभयो । समिक्षाले कनकाई अनलाईनसग भन्नुभयो ।
यसरी छोरीले सहयोग गरेर जन्मदिन मनाउछु भन्दाखेरी परिवारनै खुसीले गदगद भएको समिक्षाका पिता सुशिलले बताउँनुभयो । शुशिल आदर्श मावि घैलाडुब्बाका शिक्षक तथा रोटरी क्लव अफ कनकाईका पुर्व अध्यक्ष समेत रहनुभएको छ । समिक्षाको जन्मदिन मनाउन उमेश खातीको घरमै रोटरी क्लव तथा सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष समेत रहनुभएका कुमारमणि पोखरेल, सुरुङ्गा जेसिजकी पुर्व अध्यक्ष सरला पोखरेल, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापाली समेत पुग्नुभएको थियो । यसरी सबैले एकले अर्को असक्त असाहायलाई मद्धत गरेर जन्मदिन मात्रै मनाउने हो भने देशका कोहीपनि नागरिकले भोक्कै नाङ्गै बस्नु नपर्ने रोटरी क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभयो ।
वैदेशिक रोजगारीका क्रममा दुबई जानुभएका २७ बर्षिय उमेश खातीको दुबै हातखुट्टा काटनु परेको थियो । उनी हाल आफ्नै घरमा उपचारमा रहनुभएको छ । खातीको कमाईकै भरमा बुबा आमा, १८महिने छोरी र श्रीमतीको समेत पालन पोषण हुदै आएकोमा मुल कमाईगर्ने घरमुलीकै हातखुट्टा काटनुपरेपछि खाती परिवार वेखर्ची अवस्थामा रहेको थियो । उनलाई हाल स्वदेश तथा विदेशबाट सहयोग रकम जुटनेक्रम जारी छ ।