Kanakai Online

सुरुङ्गामा लागुऔषध सहित पक्राउ


मङ्गलवार, असार ९, २०८३ |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिका ५ पन्थपाडास्थित हुलाकी राजमार्गमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार साँझ ७ बजे झापा गाउँपालिका ५ पन्थापाडास्थित हुलाकी मार्गमा प्रहरी चौकी शरणामतिबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड वडा नं.१० बस्ने २२ वर्षीय रोहित कटुवाल र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष राजवंशीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा दुवै जनाले ४ वटा कालो प्लाष्टिकले पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ६ ग्राम ४०० मिलिग्राम (प्लाष्टिक बाहेक ५ ग्राम ३० मिलिग्राम) ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी चौकी शरणामतिमा राखिएको छ ।

यसैगरी प्रहरीले झापाको कन्काई नगरपालिकामा लागूऔषधसहित एकजना पक्राउ गरेको छ ।

आईतवार राती १०.२० बजे कन्काई– ४ नवज्योती टोल बस्ने २१ वर्षीय हेमबहादुर लिम्बुको घरकोठामा इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा खटिएको गस्ती टोलीले खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको विभिन्न किसिमका लागूऔषध फेला परेको थियो ।

उनको कोठाबाट प्लास्टिकसहित १ ग्राम ब्राउन सुगर ,ट्रामाडोल ट्याब्लेट ४५ पिस (क्याप्सुल), डीसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट ४४ पिस ,नाईट्राजेपाम १३ पिस , मोबाईल सामसुङ १ थान र नगद ४८ हजार १५० रुपैयाँ फेला परेको हो ।

लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । झापामा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सुरु भएसगै प्रहरी समेत सक्रिय भएर लागेको पाइएको छ ।
फोटोः इलाका प्रहरी सुरुङ्गाले बरामद गरेको लागुऔषधजन्य पदार्थ