
कनकाई अनलाईन
झापा कनकाई नगरपालिका स्थित कनकाई बहुमुखी क्याम्पसले यसैवर्ष कक्षा १२ मा लेखा र अंग्रेजी विषय ब्याकपेपर लागेका विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क कोचिङ कक्षाको सुरुवात गर्ने भएको छ ।
क्याम्पसले यहि असार ११ गति परिक्षा समयमसम्मका लागि क्याम्पसमा लेखा र अंग्रेजी विषयको कोचिङ कक्षा निशुल्क सञ्चालन गर्न लागेको क्याम्पस प्रमुख विकास उप्रेतीले बताउँनुभयो ।
क्याम्पसले स्नातक तहका लागि विए, विएड तथा विविएस नेपाली र अंग्रेजी दुबै मध्यममा पठनपाठनका लागि समेत भर्ना सुरु गरिसकेको क्याम्पसका सहयाक प्रमुख शेरबहादुर बानियाँले बताउँनुभयो ।
क्याम्पसमा यहि असार १५ गतेबाट नयाँ भर्ना खुलेको र साउन ४ गतेका दिन नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि परामर्श कक्षा सुरु हुने समेत बानियाले बताउँनुभयो । समुदायबाटै सञ्चालित यस क्याम्पसमा स्नातकदेखि स्नातकोत्तर तहसम्मकाका कक्षाहरु सञ्चालन हुदै आएको छ ।




