कनकाई अनलाईन
झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
मंगलवार बिहान करिब ६ बजे गौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोल बस्ने चन्द्रमाया श्रेष्ठको घरमा डेरा लिई बसोबास गर्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ । स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमकतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



