
कनकाई अनलाईन
झापामा भारी वर्षाका कारण झापाको बिर्तामोड ५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीनतले घर आज विहानैबाट जमिनमा भासिएको छ ।
७० वर्षीय पहलमान ठाकुरको सो घर आईतवार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरु बाहिर निकालिएको छ । त्यस घरमा दुईजना मात्र बस्ने गरेको प्रहरीले जनाएको छ ।
घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको समेत प्रहरीले जनाइएको छ ।



