
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ कोटिहवन क्षेत्रमा रहेको कनकाई घाट सन्चालनका निमित बनेको कनकाई घाट संस्थाको ११ साधारणसभा शनिवार सम्पन्न भएको छ ।
पहिलोपटक जेठ २२ गते र दोस्रो पटक जेठ २९ गते आयोजना भएको सधारण सभामा समेत आवाश्यक उपस्थित संङ्ख्या नपुगे पछी विधान बमोजिम तेस्रो तथा अन्तिम पटक असार ६ गते शनिवार कोटिहोम स्थित कडरिया भेटवाल बन्धुको सभाहलमा विभिन्न निर्णय गर्दै संस्थाको ११ औ साधारणसभा सम्पन्न भएको हो ।
सभामा संस्थाका कार्यवाहक अध्यक्ष डिल्लीराम मैनालिले संस्थामा भएका गतिविधि एवं उपलब्धि हरु र भावी योजना सहितको प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष खेम मिश्रले दिनुभएको राजिनामा स्वीकृत , सात बुदे विधान संशोधन प्रस्ताव साथै विभिद कारणले तत्कालीन कार्यसमितिले काम गर्न नसक्ने जनाउदै नयाँ कार्य समिति चयनका लागि तिर्थराज खरेल संयोजक रही सोमनाथ उप्रेती र भवानी प्रसाद लुईटेल सदस्य रहेको निर्वाचन समिति चयन गरिएको समेत सभामा प्रस्तुत गर्नु भएको थियो ।
तेस्तै संस्थाका महासचिव गोपाल खरेलले संस्थाको सांगठनिक प्रतिवेदन र आन्तरिक लेखा समितिका सदस्य डिल्लीराम पाठकले लेखा परिक्षण प्रतिवेदन सभामा पेस गर्नु भएको थियो ।
सभाले व्यापक छलफल गर्दै कार्यवाहक अध्यक्ष मैनालीले प्रस्तुत गर्नुभएको अध्यक्ष खेम मिश्रको राजिनामा प्रस्ताव र विधान संसोधनका सात बुदे प्रस्ताव स्वीकृत गर्दै पारित गरेको छ ।
तेस्तै नयाँ कार्य समिति चयनको लागी प्रस्ताव गरिएको निर्वाच समिति समेत स्विकृत गर्दै सभाले आगामी असार २० गते सम्ममा बिधान संशोधन कार्य सम्पन गर्ने र नयाँ विधान बोजिम असार २५ गते भित्रमा नयाँ कार्य समिति चयन गर्ने तर असार २० गते भित्रमा कारण वस विधान संशोधन सम्पन्न नभए पुरानै बिधान बमोजिम असार २५ गते भित्रमै नयाँ कार्यसमिति चयन गर्ने निर्णय गर्दै अध्यक्ष , महासचिव र लेखा समितिको प्रतिवेदन पारीत गरेको छ ।
घाट संस्थाका कार्यवाहक अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल अतिथिहरु कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदी नगर कार्यपालिका सदस्य नवल किशोर दत्त संस्थाका संस्थापक अध्यक्ष प्रभाखर कडरिया , सल्लाहकारहरु यमनाथ सेडाई , गोकर्ण ओझा , दुर्गा प्रसाईं , नारायण प्रसाद ओली राष्ट्रिय स्वतन्त्र पार्टीका नगर उपसभापति दिननाथ खतिवडा राप्रपा नगर अध्यक्ष गोपाल चुडाल सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रूपनारायण खतिवडा सभाका सदस्यहरू सुर्य उप्रेती , श्याम पौडेल , डम्बरबहादुर बस्नेत , भक्तिप्रसाद संग्रौला , लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , शैक्षिक एवं सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत संस्थाका उपाध्यक्ष खेमराज कार्कीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव गोपाल खरेलले गर्नुभएको थियोे ।
कनकाई घाटमा सस्थापक अध्यक्ष प्रभाखर कडरियापछिका कुनैपनि समितिले आफ्नो पुर्ण कार्यकाल नसकेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको छ । यसअघिको वेदप्रकाश अग्रवालको समितिले समेत पुर्ण कार्यकाल नसकीकन विदा लिएको थियो ।



