कनकाई अनलाईन
झापाको बिरिङ खोलाको पानीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।
शनिवार बिहान १० बजेदेखि हराइरहेकी कनकाई १ बस्ने कुलबहादुर रसाईलीकी छोरी ५ वर्षीया सोनिया रसाईलीको दिउँसो ३ बजेतिर कन्काई ८ स्थित बिरिङ खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
छोरी हराई बेपत्ता भएपछि सोनियाकी आमा अमृता रसाईलीले अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा मौखिक जानकारी गराउनुभएको थियो । अस्थायी प्रहरी पोस्ट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक दिर्घबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा बालिकाको शव खोलामा फेला पारेको हो ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



