कनकाई अनलाईन

आज झापाको कनकाई नगरपालिका ५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार ५ बर्षिय वालिका सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रवार विहान साढे ११ बजेको समयमा कनकाई ५ स्थित अमरपथ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाईकल खेत जोतेर सडकतर्फ आउदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरसग ठक्कर खादा मोटरसाईलक चालक झापा गाउँपालिका ३ कामाटोलीका २० बर्षिय समिर अली र मोटरसाईकलमै सवार उनकी भान्जी ५ बर्षिय हाजिरा खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परि मोटरसाईकलमा सवार ४५ बर्षि नुरेसा खातुन घाईते हुनुभएको छ । उहाँको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ ।
खेत जोतेर सडकमा निस्केको ट्याक्टरले र सडकमा गुडिरहेको मोटरसाईकल बाटोमा रहेको काँसघारीले मोटरसाईकल र ट्याक्टर एकआपसमा नदेखिदा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई रहेको छ । प्रहरीले घटनामा सग्लन ट्याक्टर र मोटरसाईकललाई नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ भने प्रहरीले घटना मुचुल्का उठाएको छ ।



