कनकाई अनलाईन
झापाको बिर्तामोडमा श्रीमतीलाई रडले घोचेर घाइते बनाएर एक व्यक्तिले घरबाट हामफालेर आत्महत्या गरेका छन् ।
शुक्रवार बिहान ५ः३० बजे बिर्तामोड– ५ अन्नपूर्ण चोक बस्ने बर्ष ६५ की गंगामणि राजवंशीलाई उनका श्रीमान बर्ष ७२ का धिरेन राजवंशीले घरायसी विवादका कारण पेटमा फलामको रडले घोची घाइते बनाएका थिए । उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको छ । पेटमा चोट लागेकी घाइतेको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।
सोही समयमा घाइतेका श्रीमान धिरेनले उक्त घरको ३ तला माथि गई हामफालेका थिए । हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका धिरेनलाई समेत उपचारको लागि बिर्तासिटी अस्पताल ल्याई उपचार भइरहेकोमा शुक्रवारनै विहान ६ः४५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



