
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ मा अवस्थित पुर्वकै चर्चित धार्मिक स्थल कनकाईधाम धार्मिक विकास संस्था कोटीहवनको १८ औ वार्षिक साधरणसभा आज सम्पन्न भएको छ ।

कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदीको प्रमुख आतिथ्यता तथा धाम समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधरणसभामा बोल्दै वडाअध्यक्ष सुवेदीले यस धाम विकास समिति र अर्को उहि र उस्तै प्रकृतिको कनकाई घाट समितिलाई मर्च गरेर एउटै बनाउन सुझाव दिनुभयो । यी दुबै सस्था एक्कै स्थानमा पनि हुन यी दुबै संस्थाको काम कतव्य र सेवा गर्ने क्षेत्र समेत उहि र उस्तै प्रकृतिका रहदा द्ुबै संस्थालाई एउटै बनाउनका लागि म दुबै समितिका पदाधिकारी र सदस्यहरुसमक्ष अनुरोध पनि गर्दछु यसका लागि नगरपालिकाले के कस्तो भुमिका खेल्नुपर्ने हो हामी तयार छौ सुवेदीले भन्नुभयो । साथै सुवेदीले नगरपालिकाले यस धाम विकासका लागि वडा तथा नगरवाट समेत सक्दो सहयोग रहने र यसबर्ष संघिय सरकारबाट समेत ३ करोड सहयोग प्रदान भएको भन्दै धन्यावाद प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै कनकाई धाम धार्मिक विकास सस्थाका अध्यक्ष शेरबहादुर थापाले २०४२ सालमा राष्ट्रगुरु योगी नरहरीनाथले करोड होमादी गरेर स्थापना गर्नुभएको यस धार्मिक स्थलको महिमा दिनानुदिन बढिरहेको भन्दै स्वदेश तथा विदेशका लाखौ हिन्दुको आस्थाको केन्द्र यस कनकाई धाम धार्मिक विकास संस्थालाई थप आकर्षक र धार्मिक पर्यटकको हव बनाउन सिंगो कनकाई धाम विकास समिति लागिपरेको र यसलाई साथ दिन तीनै तहका सरकार र धर्मप्रेमी महानुभावलाई अनुरोध र आव्हान समेत गर्नुभयो । थापाले यस धाम परिसरमा विभिन्न दाता महानुभावहरु अष्टे«लिया निवासी सावित्रादेवि सेलुवालले पितृहरुका नाममा पञ्चमुखी हनुमानको मन्दिर निर्माण गरेर हस्तानतरण गर्नुभएको, दमक निवासी हिरण्यकुमार ढुङ्गेल, दुर्गादेवि ढुङ्गेलले धाम परिसरमा लक्ष्मीनारायणको मन्दिर निर्माण पछि हस्तानतरण गर्नुभएको जसको लागत ३५ लाख रुपैँया रहेको समेत जानकारी दिनुभयो । यसैगरि धाममका पुर्व कार्यसमिति महासचिव डिल्लीराम तथा शान्ता बाह्रकोटीबाट समेत १ लाख बराबरको मन्दिरमा पित्तलको नाग निर्माण पछि हस्तानतरण गर्नुभएको लगायातको जानकारी गराउँदै धामका लागि आगामी दिनमा मुल मन्दिरको पुर्ननिर्माण, सन्त निवाशका लागि निर्माणाधिन सन्त भवन निर्माण सम्पन्न गर्ने, धाममा सञ्चालित कनकाई गायत्री गूरुकुललाई समयसापेक्ष बनाउदै लैजाने, संस्थामा वृहत अक्षयकोषको निर्माण लगायातको योजना पेश गर्नुभयो ।

कार्यक्रममा कनकाई ६ का वडाअध्यक्ष लक्ष्मी ओली, धार्मिक व्याक्तित्व लक्ष्मीप्रसाद खतिवडा, नेपाली कांग्रेस कनकाईका सभापति दुर्गाप्रसाद प्रसाई, वैदिक सनातन धर्म केन्द्रिय अध्यक्ष रामप्रसाद ओझा, धामका पुर्व अध्यक्ष नवलकिसोर दत्त, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओली, सामाजिक व्याक्तित्व यामनाथ सेडाँई, बन्धु समाजका तर्फबाट गौतम बन्धु समाजका नितिरमण गौतम लगायातले आआफ्नो धारणा राख्दै धार्मिक विकास संस्थाको दिगो विकास र योजना विस्तारमा थप सहयोग गर्ने बताउँनुभयो ।
कार्यक्रम सस्थाका महासचिव दिनानाथ खतिवडा र सचिव यामनाथ खतिवडाले सञ्चालन गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडाले गर्नुभएको थियो ।
यता संस्थाको वार्षिक साधरणसभामा ५१ प्रतिशत साधरण सदस्यताको उपस्थिति नपुगेपछि अर्को सुचना नआउन्जेल सम्मका लागि कार्यक्रमको बन्द सत्र भने स्थगित भएको कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले कनकाई अनलाईनलाई बताउँनुभयो ।






