Kanakai Online

सुरुङ्गामा महिलालाई मोटरसाईकलमा लिफ्ट दिएर गहना लुटने पक्राउ


आइतवार, जेठ ३१, २०८३ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका २ स्थित जामुनवारी क्षेत्रको बाँस झ्याङ्गबाट महिलाको गहना लुटन खोज्ने एकजनालाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने समयमै गाउँलेले होहल्ला गर्दै प्रहरीलाई खबर गरेपछि एक महिलाले लगाएको सुनको गहना लुटिनबाट बचेको छ ।
घटना हिजो शनिवार साँझ ७ः ४५ बजेको हो । झापा कनकाई नगरपालिका ३ टप्पु निवासी एक ५० बर्षिय भुजेल थरकी महिलालाई सुरुङ्गा बजारबाट आमा म पनि तपाईको छोरो जस्तै हो भनेर मोटरसाईकलमा राखी घर सम्म पुर्याइदिन्छु भनेर जिल्ला पाचथर फिदिम नगरपालिका ४ घरभई हाल कनकाई नगरपालिका ४ कोटीहवनमा अस्थायी रुपमा बसोवास गर्दै आएका २२ बर्षिय जीवन तामाङ्गले रातीको समय भयो म घरलगिदिन्छु भनि विश्वासमा लिएर मोटरसाईकलमा राखेका थिए । उनले ती महिलाको घरसम्म नलगि अन्यत्रै कनकाई नगरपालिका १ र २ को सिमामा रहेको बाघेखोला पुलमा पुर्याएर कानमा लगाएको मुन्द्रा खोल्न लागेपछि ती महिला चिच्याउन लागेको सुनेर स्थानीयले थाहा पाई प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक रवि राईको नेतृत्वको प्रहरी टोलीले गहना लुटन खोज्ने तामाङ्गलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुबै जनाले मादक पदार्थ सेवन गरेको समेत पाइएको जनाएको छ । हाल पक्राउ परेका तामाङ्ग अहिले प्रहरी हिरासतमा रहेका छन । हिजो आज आईतवार सार्वजनिक विदा परेकोले भोली म्याद थप गरिने प्रहरीले जनाएको छ ।