
कनकाई अनलाईन
झापाको नेपाल सरकारबाट नुमना विद्यालय घोषित कनकाई माविको विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा सोही विद्यालयका ३ दिन पहिलेसम्म सहयाक प्रअ हरिप्रसाद तिम्सिना विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको छ ।
४२ बर्ष सम्म विद्यालयमा शिक्षा सेवा गर्नुभएको हरिप्रसाद तिम्सिना यस कनकाई माविमा समेत विगत २० बषैदेखि अंग्रेजी विषयको अध्यापन गर्दै आइरहनुभएको थियो । शिक्षक तिम्सिना अनिवार्य अवकाश समेत ३ दिन पहिले मात्रै हुनुभएको थियो । विद्यालयको सहायक प्रअबाट अभिभावक बन्नुभएका तिम्सिनाको नेतृत्वमा पुन कनकाई मावि पुगेको हो ।
यसैगरी विद्यालयको सदस्यमा वडाअध्यक्ष युवराज चम्लगाई, अभिभावक प्रतिक राजवंशी, शान्ता घिमिरे, विनिता प्रसाई, शिक्षक प्रतिनिधि दिलिप खतिवडा र सदस्य सचिव प्रअ कर्णबहादुर डाँगी रहनुभएको छ ।



