
कनकाई अनलाईन
पत्रकारितालाई विश्वशनिय र सत्य तथ्यपरक बनाउनका लागि झापाको सुरुङ्गामा दुई दिवशीय पत्रकारितामा तथ्य जाँच तथा मोवाईल पत्रकारिता तालिम सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाको आर्थिक सहयोगमा आयोजित दुई दिवशीय उक्त तालिममको आयोजना सुरुङ्गा प्रेस क्लवले गरेको हो ।
तालिमममा कनकाई नगरपालिका सहित झापा जिल्लाभरका ५० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गर्नुभएको थियो । तालिम समापनको अवशरमा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, पत्रकार महासंघ झापाका पुर्व अध्यक्ष मोहनकाजी न्यौपाने, प्रशिक्षार्थीका तर्फबाट उत्तम नेपाल, शिवु र्मुर्मु निर्मला बस्नेत, प्रेस क्लवका पुर्व अध्यक्ष रामप्रसाद निरौला लगायातले शुभकामना मन्तव्य राख्दै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यावहारमा उतार्ने र आगामी समाचारमा यसको प्रभाव देखाउने प्रतिवद्धता देखाउनुभयो । सहभागिले समाचार खोज्न र सामाजिक सञ्जालमा आएका कुराहरुलाई कसरी तथ्य जाँच गर्ने भन्ने वारेमा सिक्नका लागि मद्धत गरेको बताउँनुभएको थियो ।
समापन कार्यक्रम सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापालीको सभापतित्व सचिव मनोज बस्नेको सञ्चालन तथा उपाध्यक्ष संगिता उप्रेतीले स्वागत गर्नुभएको थियो । दुई दिनसम्म सुरुङ्गाको होटल डिलाईटमा भइरहेको तालिममा वरिष्ठ पत्रकार मोहन मैनालीले समाजमा कसरी तथ्य. जाँच गर्ने र प्रभावकारी मोवाईल पत्रकारिता कसरी गर्ने भन्ने वारेमा प्रशिक्षण दिनुभएको थियो ।






