कनकाई अनलाईन
राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित हुनुभएको छ ।
शनिवार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित हुनुभएको छ । २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धीहरु शान्ता तामाङले १९८ , लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत ल्याउनुभएको छ ।
त्यस्तै सचिव पदका लागि विरोध सुवेदी निर्वाचित हुनुभएको छ । सुवेदी ३६८ मत हासिल गरी विजयी हुँदा उनका प्रतिष्पर्धी रविन खड्काले २३५ मत ल्याउनुभएको छ । त्यस्तै सहसचिवमा ३५२ मतसहित भिमबहादुर कुँवर निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धीहरु राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत ल्याउनुभएको छ ।
त्यस्तै सदस्यहरुमा राजनारायण राजवंशी, डिल्ली न्यौपाने , शान्तिमाया न्यौपाने, मुना सापकोटा बिजयी हुनुभएको छ ।
त्यस्तै क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं १ बाट कमल गौतम, २ बाट गोपाल कट्वाल , ३ बाट कमल बानियाँ , ४ बाट लिलामाया बस्नेत र ५ बाट चुणामणि पाठक निर्वाचित हुनुभएको छ ।



